अजित कुमार भुजेल , बिरगंज । बिरगंज स्थित श्रीआदर्श माध्यमिक विद्यालयको ४५ औं वार्षिकोत्सब उद्घाटन समारोह सम्पन्न भएको छ।
स्कुलको ४५ औँ वार्षिकोत्सब आफ्नै बिधालयको प्रारङगमा सम्पन्न गरेको छ।
सो कार्यक्रमका प्रमुख अतिथी बिरगंज महानगरपालिकाको उपमेयर इम्तियाज आलमको आतिथ्यमा सम्पन्न भएको थियो।
मधेश विश्व बिधालयका उपकुलपति एवं समाजसेवी डा.दिपक शाक्यको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।
त्यसैगरि श्रीआदर्श माध्यमिक विद्यालयका डाइरेक्टर हरिरत्न तुलाधर,स्कुलका प्रीन्सिपल राम बिनोद पाण्डे,सन्चारकर्मी अभिलाष गुप्ता,सद्दाब मलिक,देवेश मानवसेवा,बिधालयका पि.जि.का कोडिनेटर मौसम भङ्गर लगायतकाहरुको पनि उपस्तिथि रहेको थियो।
उक्त कार्यक्रम प्रमुख अतिथी बिरगंजका उपमेयर इम्तिया आलमले रिबन काटि विद्यालयको ४५ औं वार्षिकोत्सबको शुभ उद्घाटन गरेका थिए।
वार्षिकोत्सब समारोहमा आलमले यस बिधालयले शिक्षा क्षेत्रमा धेरै उत्कृष्ट योगदान गरेको चर्चा गर्नुभएको थियो ।बिधालयले आधुनिकता संगै विद्यार्थीहरुलाई विभिन्न क्षेत्रमा राम्रो गरिरहेको बताए ।
आफुलाई बिधालयको गतिविधि देखेर धेरै खुशी लागेको र आगामी दिनहरुमा थप यो भन्दा राम्रो अगाडि बढेको देख्न पाउ भनेर शुभकामना दिनुभएको थियो ।
उनले भने ससाना बालबालिकाहरुको नृत्य तथा विभिन्न जातजातिको संस्कार र संस्कृति र उत्कृष्ट शिक्षा प्रदान गरेकोमा उहाँले बधाई समेत दिनुभएको हो ।उहाँले आफुले गर्नुपर्ने एवम् बिरगंज महानगर बाट सहयोग जहिले पनि सधैं जारी रहने प्रतिबद्धता समेत जनाउनु भएको छ।
सो कार्यक्रमको सहजीकरण श्रीआदर्श माध्यमिक विद्यालयका अतिरिक्त क्रियाकलापका कोडिनेटर राम आमोद पाण्डेले गरेका थिए।