बिरगंजमा जारि अन्तरविद्यालय फुटबल प्रतियोगिताको आज तेस्रो दिनको खेलमा साउथ जोन र ग्यान्डा एकेडमी बिजयि

Date:

अजित कुमार भुजेल , बिरगंज ।बिरगंजस्थित डीएभी रुक्मिणी बनारसी केडिया स्कूलमा तेस्रो संस्करणको श्री शंकरलाल केडिया मेमोरियल अन्तरविद्यालय फुटबल प्रतियोगिता आज तेस्रो दिन संचालन भएको छ।

आजको पहिलो खेल साउथ जोन स्कुल र कादम्बरि एकेडमी बीच भएको थियो । उक्त खेलमा साउथ जोन स्कुलले कादम्बरि एकेडमीलाई ८-१ को फराकिलो अन्तरले पराजित बिजयि भएको थियो ।उक्त खेलको म्यान अफ दि म्याच साउथ जोन स्कुलका जर्सि नम्बर १२ का आदित्य भैया चौधरी घोषित भएका थिए ।

त्यसै गरि दोस्रो खेल मनकामना माबि र ग्यान्डा एकेडमी बीच भएको थियो । उक्त खेलमा ग्यान्डा एकेडमीले मनकामना माबिलाई ५-१ को फराकिलो अन्तरले पराजित गरि  ग्यान्डा एकेडमी बिजयि भएको हो ।उक्त खेलको म्यान अफ दि म्याच ग्यान्डा एकेडमीका जर्सि नम्बर १० का आदिल अन्सारी घोषित भएका थिए ।

सो प्रतियोगितामा बिरगंजका विभिन्न १२ वटा विद्यालयका विद्यार्थीहरु सहभागी भएको थियो । उनिहरुको  बीचको प्रतिस्पर्धाले खेलप्रेमी दर्शकहरूलाई अझै  मनोरञ्जन प्रदान गर्ने विश्वास गरिएको छ। स्कुलले हरेक वर्ष यो प्रतियोगिता आयोजना गर्ने गरेको छ । त्यसैको निरन्तरतास्वरुप तेस्रो संस्करण गर्न थालिएको आयोजनाले जनाएको छ ।

यो खेल १३ गते सम्म संचालन हुने छ। उक्त खेलमा बिरगंजका डि.ए.भी. स्कुल,ज्ञान्दा एकेडमी ,साउथ जोन स्कुल,मनकामना स्कुल,कादम्बरी एकेडमी,डिपिएस स्कुल,मुन लाइट स्कुल,जीवन ज्योति,लिटिल फ्लावर,मालिनी एकेडमी,मेरी गोल्ड स्कुल,काभेरी एकेडमी गरि १२ वटा स्कुल सहभागी भएको जानकारी डिएभि रुक्मिणि बनारसि  केडिया स्कुलका प्रिन्सिपल राकेश मिश्रले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बाढीपीडितलाई तत्काल राहत र बजारमा कालोबजारी नियन्त्रण गर्न उपभोक्ता हित संरक्षण मञ्चको अपिल

पर्सा पोस्ट, भदौ २१ गते, वीरगञ्ज । उपभोक्ता हित संरक्षण...

क्यासिनोमा ‘पद–पहुँच’ चलेन : गाउँपालिका अध्यक्ष र इन्स्पेक्टरसहित ८ जना प्रहरी नियन्त्रणमा

पर्सा पोस्ट, भदौ २१ गते, वीरगञ्ज । वीरगञ्जमा नेपाली नागरिकलाई...

‘प्याब्सन स्मार्ट माइन्ड्स’को सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

पर्सा पोस्ट, भदौ २१ गते, वीरगन्ज । प्याब्सन वीरगन्जको आयोजनामा...

लायन्स क्लब गेटवेको हरियाली अभियान : मुस्लिम महिला हाईस्कुलमा ५५ वटा बिरुवा रोपियो

पर्सा पोस्ट, भदौ २१ गते, वीरगञ्ज । ‘वृक्षारोपण गरौँ–पर्यावरण जोगाऔँ’...