पर्सा जिल्लाको पोखरिया अस्पतालमा भर्ना एक सिकिस्त महिलाको लागि पत्रकार सिंहले गरे ७१ औं पटक रक्तदान

Date:

अजित कुमार भुजेल , बिरगंज । पोखरीया अस्पतालमा भर्ना एक सिकिस्त महिलाको लागि पत्रकार सिंहले ७१ औं पटक रक्तदान गरेका थिए ।

पोखरीया अस्पतालमा जीवन मृत्यु संग लडिरहेको एक महिलाको लागि बिरगंजका  पत्रकार राजेन्द्र सिंह राजपुतले आज बिरगंज रक्त संचार केन्द्रमा आई ७१ औं पटक रक्तदान गरेर सहयोग गरेका थिए। उनलाई फोन मार्फत बोलाए पछी तुरुन्तै आई रक्तदान गरेका थिए।

उनको अनुसार रगत बिनाको जीवनको कल्पना पनि गर्न सकिदैन । आफ्नो इच्छाले रगत दान गर्नुलाई नै रक्तदान भनिन्छ । आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने कार्यलाई नै  रक्तदान भनिन्छ।म नियमित रक्तदाता हो आउने दिनमा पनि म रक्तदान गर्ने छु भनी बाचा समेत गरेका थिए।

बिरगंज रक्तसंचार केन्द्रका प्रमुख सौरभ राज पाण्डेका अनुसार ब्लड बैंकहरुले पनि आवश्यक मात्रामा सेवाग्राहीलाई रगत उपलब्ध गराउन सकिरहेको छैन।कतिपयले रक्तदान गर्दा कमजोर भइन्छ भन्ने ठान्छन तर वास्तविकता के हो भने पुरुषको शरीरलाई प्रतिकेजी ७६ एमएल र महिलाको शीररमा प्रतिकेजी ६६ एमएल रगत हुन्छ । तर शरीर सञ्चालनका लागि चाहिने आवश्यक रगत ५० एमएल मात्रै हो । त्यसकारण पुरुष र महिलाको शरीरमा प्रतिकेजी क्रमश २६ र १६ एमएलका दरले रगत बढी हुन्छ । यही बढी भएको रगतमात्रै दान गर्ने हो । रक्तदान गर्दा कतिपय मुटुजन्य रोगका समस्या र कतिपय मधुमेहजन्य रोगका समस्या निदान हुने विभिन्न स्वास्थ्य अनुसन्धानले प्रमाणित समेत गरेको छ।

अर्का प्राविधिक राजन श्रीवास्तवका अनुसार हाम्रो देशमा शिक्षित व्यक्तिको संख्या वृद्धि भएपनि अझै रक्तदानको ज्ञानको बारेमा पर्याप्त जानकारी छैन । रक्तदान गर्दा कमजोर भइन्छ भन्ने भ्रम हटाउनु जरुरी छ।

कम्तीमा १८ वर्ष पूरा भई ६० वर्ष ननाघेको र कम्तीमा ४५ केजी तौल भएको, मलेरिया, क्षयरोग, जन्डिस, मधुमेय तथा एचआईभी एड्स नलागेको व्यक्तिहरु रक्तदान गर्न सक्षम हुन्छन। गर्भवती र महिनावारीको समयमा र सुत्केरी भएको छ महिनाभन्दा अगाडि रक्तदान गर्नु हुदैन भन्ने कुराहरु बताएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...

सडक विस्तारसंगै उलेखिएका रुखको संरक्षण : विरगंजमा उदाहरणीय पुन : वृक्षारोपण अभियान

पर्सा पोस्ट, बैशाख ०८ गते, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा जारी...