नेपाल जनता पार्टी पर्साद्वारा माईस्थानमा तुलसि पुजा एवम् तुलसि रोपण सम्पन्न

Date:

अजित कुमार भुजेल , बीरगंज । आज तुलसी पूजन दिवस्को शुभ अवसरमा नेपाल जनता पार्टी जिल्ला कार्य समिति पर्साद्वारा बीरगंज अवस्थित श्री गहवामाई मंदिरको प्राङ्गणमा तुलसी रोपण एवं पूजापाठ कार्य सम्पन्न भएको छ। 

तुलसी पूजन दिवस सनातन धर्ममा एक महत्वपूर्ण र पवित्र पर्व हो जुन हरेक वर्ष २५ डिसेम्बरमा मनाइन्छ। यो दिन मुख्यतया तुलसी माताको पूजा र आराधना गर्न समर्पित छ।  हिन्दू धर्ममा तुलसीलाई लक्ष्मीको रूप मानिन्छ र तुलसीको पूजा गर्दा घरमा सुख, समृद्धि र अखंड सौभाग्य प्राप्त हुने जनविश्वास रहेको छ ।  तुलसी पूजाले धार्मिक मात्र नभई सामाजिक तथा पारिवारिक जीवनमा पनि गहिरो प्रभाव पार्छ ।

नेपाल जनता पार्टी जिल्ला कार्य समिति पर्साको अध्यक्ष अनिल पटेलको अध्यक्षता भएको सो कार्यक्रममा नेपाल जनता पार्टिका केंद्रीय वरिष्ठ नेता सन्तोषानन्द महाराज, केंद्रीय सदस्य बिनोद पटेल, पारस द्विवेदी, जिल्ला उपाध्यक्ष धीरज शाह, महा मंत्री नवीन मिश्र,सदस्य प्रमोद शर्मा,सुमंत कुमार , रोशना गुप्ता,दीपक,हिरामन, आशीष महतो ,अंशु, प्रकाश झा लगायतको उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...

” रिलिफ सोसाइटी अफ कमर्स पुरस्कार २०८३ ” बाट अशोक प्रधान सम्मानित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । देशको प्रवेशद्वार तथा...

रबि लामिछानेविरुद्धको संगठित अपराध अभियोग खारेज , सहकारी ठगी मुद्दा यथावत्

पर्सा पोस्ट , जेष्ठ २६ गते , वीरगञ्ज । पर्सा...