पर्सा सो- क्युकोशिन कराते संघ बिरगंज -२४ रामगढवाले खेलाडीहरुलाई ग्रेटिङ्ग बेल्ट बितरण गर्यो

Date:

अजित कुमार भुजेल , बिरगंज। बिरगंज महानगरपालिका  वडा न.२४ वडा समीतिको सहयोगमा र पर्सा सो-क्यूकोशिन करते संघ बिरगंज २४ रामगढवाको आयोजनामा २९ जना खिलाड़ीहरुलाई फरक फरक किसिमको बेल्ट प्रदान गरेको थियो ।

सो-क्यूकोशिन करॉते संघ मधेश प्रदेश  का संयोजक तथा पर्सा सो-क्यूकोशिन करॉते संघ बिरगंज २४ रामगढवाका डोजो प्रमुख असेसवर पटेलको अध्यक्षतामा तथा बिरगंज महानगर पालिका वडा न.२४ रामगढवाका वडा अध्यक्ष विजय पटेलको प्रमुख आतिथ्यमा भएको सो कार्यकममा सो वडाका सचिव दीपेंद्र पटेल,वडा सदस्य सदाम हुसैन,बृजेश पटेल,जुगुल किशोर,चंदन पटेल,नारायण पटेल,सुनती देवी ,सामाजिक अभियंता कन्हैया पटेल लगायत टोलका अगुवा ,युवाहरूको सहभागिता रहेको थियो।

सो कार्यकममा बेल्ट टेस्टमा पास भएका खिलाड़ीहरुलाई बिभिन किसिमको बेल्ट प्रदान गरिएको जोड़ो गुरु असेसवर पटेल के जानकारी दिनुभयो ।

बेल्ट लीनेहरुमा ब्लैक बेल्ट (3rd Dan) मा असेसवर पटेल,(1st Dan) मा आकाश पटेल,युवराज पटेल,दीपेंद्र पटेल,परबिंद्र पटेल,सरोज पटेल,प्रकाश पटेल रहेका छन भने ब्राउन बेल्ट लिनेमा दीपिका पटेल,मनीष बैठा,आसू गिरी, बिकाश पटेल, ब्लू बेल्ट मा निहाल पटेल,अर्जुन पटेल,धर्मराज पटेल,युवराज पटेल,सचिन पटेल, धर्मराज गुप्ता,रितिक कुमार,रवि पंडित,रोहित पंडित,  पटेल, अरव पटेल, अरनव पटेल,रवि साह ,कजली कुमारी,प्रेम पटेल त्यसै गरी ऑरेंज बेल्ट लीनेमा क्रिश पटेल,सिद्धांत पटेल,श्रीनंद पटेल,सिद्धार्थ पटेल रहेको  कन्हैया पटेलले जानकारी गराएका थिए ।

कार्यकममा खेल र बेल्ट बारे जानकारी दीदै केही वेर स्पायरिंग खेल र काटा पनी प्रदर्शन गरीएको थियो।

सो कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथि वडा अधयक्ष विजय पटेल ले स्वास्थको लागी खेल अति आवस्यक रहेको , यसलाई निरंतर अगाडि  लैजान आफु हरेक बखत सहयोग गर्न प्रतिबद्ध रहेको जानकारी गराएका थिए ।

खेलाड़ीहरुलाई बधाई दिदै खेलको क्रममा गुरुको आज्ञा र अनुशासनको पालना  एकदम जरूरी रहेको हुदा त्यस्को ध्यान राख्दै अगाड़ी बड़ी आमा बुवा,टोल, समाजको नाम रोशन गर्न आग्रह गरेका थिए ।

डोजो गुरु पटेलले निशुल्क रुपमा टोलका  बच्चाहरुलाई लगत मार्गबाट बचाऊदै अनुशासन,खेल र स्वास्थ्य तर्फ लगेकोमा धन्यवाद ज्ञापन समेत दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

लायन्स क्लब इन्टरनेशनल जोन ३७ द्वारा वीरगञ्ज कपडा बैंकलाई कपडा सहयोग, निरन्तर सहकार्यको प्रतिबद्धता

पर्सा पोस्ट, श्रावण २४ गते, वीरगञ्ज। सामाजिक सेवामा सक्रिय लायन्स...

सबैया साझेदारी वन उपभोक्ता समूहको प्रथम साधारणसभा सम्पन्न, वन संरक्षणमा जनसहभागिता बढाउन मन्त्रीहरूको जोड

पर्सा पोस्ट, साउन २४ गते, वीरगञ्ज (पर्सा)। पर्सा जिल्लास्थित सबैया...

राउन्ड टेबल नेपाल र रोट्याक्ट क्लबको संयुक्त रक्तदान : ५८ युनिट रगत संकलन, ‘मानवता बलियो बनाउन नियमित रक्तदान गरौं’

पर्सा पोस्ट, श्रावण २३ गते, वीरगञ्ज। वीरगञ्जमा पछिल्लो समय देखिएको...

मनियारी मुसहर टोलमा वीरगञ्ज कपडा बैंकद्वारा ६ सय थान निःशुल्क कपडा वितरण

पर्सा पोस्ट, श्रावण २३ गते, वीरगञ्ज। मानवीय सेवामा निरन्तर सक्रिय...