अजित कुमार भुजेल , बिरगंज । बीरगंज महानगर पालिका वडा न.१६ स्थित ईनर्वाका युवाहरूले पहिलो पटक व्यवसायिक रूपमा फुल खेती गरेका छन्।
ग्रिनसिटी सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको विशेष पहलमा युवाहरूलाई पाँच हजार फुलको बिरुवा वितरण गरिएको छ ।
नेपालमा आर्थिक मन्दीले युवाहरुलाई बेरोजगार र निरुत्साहित बनाएको बेला युवाहरु बाध्य भएर अन्तिम विकल्पको रुपमा विदेश गएर रोजगारमा लाग्ने गरेको र त्यहाँ पनि दुःख पाउदै आईरहेको युवाहरुले यस प्रकार बाध्य भएर विदेशिनु नपरोस् भन्ने अभिप्रायका साथ ग्रीनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतानले युवाहरुलाई उत्साहित र प्रेरित गर्दै आउनु भएको छ र उहा आफू चाहिँ आफ्नो कामले युवाहरु बिच रोल मोडल बन्नु भएको छ ।
जय प्रकाश खेतानले दिनु भएको प्रोत्साहन पछि इनरुवा गाउँका ओसीयर राउत कुर्मीको छोरा रमेश पटेलले आज एक कार्यक्रमका बिच फल र फूलको व्यवसायिक खेती अन्तरगत दोस्रो चरणमा व्यावसायिक रूपमा बिरुवारोपन गर्नुभएको छ।
ग्रिनसिटि सामुदायिक सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतानको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि बिरगंज महानगर पालिकाका नगर प्रमुख राजेश मान सिंहले फुलको बिरुवा रोपि उद्घाटन पछी सम्बोधन गर्नु हुदै काम गर्ने युवाहरुलाई स्वदेश मै थुप्रै अवसर रहेको र आफ्नो घर परिवारलाई छोडेर बिदेश गैइ काम गर्नु भन्दा आफ्नै ठाउमा फलफुल खेति र कृषि कार्यमा लाग्न आग्रह गर्नु भयो ।
नेपाल सरकारको निति अनुरुप बिदेशबाट फुलका आयात बन्द गरेको र नेपाल फुलमा आत्मनिर्भर रहेको बताउदै कृषि सम्बन्धि कुनै काम होस वा त्यसको बजार दिनको लागि बिरगंज महानगर पालिका सधैं तयार र साथ रहेको बताए ।
त्यसैगरि वाणिज्य दूतावासका कन्सुलेट जनरल डि.एस. मीणाले जति धेरै बोटबिरुवा रोपिन्छ त्यति धेरै स्वस्थ्य हावा , अक्सिजन प्राप्त हुन्छ , प्रयावरण प्रदुषण मुक्त हुन्छ र मानिसको जिवन पनि सरल हुने र यसले जिबिका प्रदान गर्न मद्दत पुग्ने भएकोले ग्रिनसिटिले गरेको प्रयास सराहनीय भएको बताए ।
बिरगंज महानगर पालिकाका प्रमुख प्रकाशकिय अधिकृत मातृका भट्टराईले नेपालमा धेरै बर्ष देखि वृक्षारोपण अभियान चलि रहेको बताउदै वृक्षारोपण आफैमा ठुलो कुरा होईन , रोपेको बिरुवा हुर्काउन सक्नु पर्छ बेला बेलामा हुर्के छ कि छैन ध्यान दिनु पर्छ , अनि मात्र शहरलाई हरभरा बनाउन मद्दत गर्छ । शहरलाई हराभरा बनाउन र ग्रिनसिटिको अवधारणा छ त्यसलाई साकार पार्न पनि मद्दत पुग्ने बताए ।
सो कार्यक्रममा सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजाल , श्री जङ्ग गण बिरगंज पर्साका जमदार भीमसेन राणा, इनरुवा गाउँका ओसीयर राउत कुर्मी, रमेश पटेल , शिव शंकर यादव , शिव शंकर गौर,जवाहिर लोहार, नंद पटेल, अली असगर मियां, किशोरी पटेल,विक्रम पटेल, सामुदायिक आखा अस्पतालका डा. महेश सिंह धामि , व्यवस्थित बिरगंज अभियानका सन्योजक दिलिप प्रधान , बिरगंज महानगर पालिकाका सरसफाइ प्रमुख सर्फुदिन मिया , जेष्ठ नागरिक बसन्त उपाध्याय , समाजिक अभियन्ता ओम कुमार झा , समाजसेबि युवा नेता लालदेव यादव , जगत राई , सन्तोष रंजितकार , अजित भुजेल, मुर्लि सामुदायिक सेवा केन्द्रका सचिव दिलीप प्रधान, राधा शर्मा , रेखा श्रेष्ठ , प्रहरी हवल्दार ,ग्रीनसिटी सामुदायिक सेवा केन्द्रका उपाध्यक्ष सञ्जय शर्मा, सदस्य चन्द्र अग्रवाल, कैलाश बजाज, रतन टेमानी, त्रिलोक चन्द दारुका,गणेश बगड़िया र स्थानियहरूको उपस्थितिमा ५००० विरुवा रोपनी भएको ग्रीनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतानले जानकारी दिनुभयो ।
कार्यक्रम सन्चालन ग्रिनसिटि सामुदायिक सेवा केन्द्रका सदस्य मुकेश खेतानले गर्नु भएको थियो ।