उपकार सेवा नेपालको सहयोगमा तथा बिरगंज कपडा बैंकको आयोजनामा आगलागी पीडितलाई सहयोग

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंज कपडा बैंकले शुक्रबार बाराको फेटा गाउँपालिका वडा नम्बर १ चिलझपटिमा भएको आगलागिका पिडित ४ घर  परिवारहरुलाइ राहत उपलब्ध गराएको  छ ।

उपकार सेवा नेपालको सहयोगमा बिरगंज कपडा बैंकले सर्ट पैन्ट, टिसर्ट , साडी , बेडसिट,तकिया लगायत २ बोरा नयापुरानो लत्ताकपडाको साथै खाना पकाउने स्टिलको कसौडी,कढाई,थाल ,गिलास,कचौरि ,डाडु पन्यु, बाटा लगायत भाडाकुडा  ३ सेट,प्लास्टिकको बाल्टी जग ,बाटा ३ सेट र खाधान्न सहयोग पिडितहरुको घरआगन मै पुगेर हस्तान्तरण गरेको छ  ।

बिरगंज  कपडा बैंकको अध्यक्ष लालबाबु सिंह ,उपाध्यक्ष प्रकाश थारु,सचिव कन्हैया पटेल,सदस्य अभिलाष गुप्ताले सो सहयोग हस्तान्तरण गरेका थिए  ।

सो अवसरमा फेटा गाउपालिकाका अध्यक्ष रुस्तम अन्सारी ,वडा न. ४ का वडाअध्यक्ष वकिल यादव,वडा १ का पुर्व वडाअध्यक्ष जयप्रकाश दास,वडा सदस्य होदा यादव,स्थानिय बिक्रम पटेल ,पत्रकार शर्मा लाल बैठा लगायत स्थानियहरुको उपस्तिथि रहेको थियो ।   बिहीबार दिउँसो चिलझपटी टोल निवासी मेवालाल ठाकुर,सुदर्शन ठाकुर, बिधादेबी ठाकुर र श्रीलाल कुर्मिको आगलागिमा परि घर , लताकपडा, गरगहना, खाधान्न ,नगद लगायतका सामानहरु जलेर नष्ट हुदा करिब २५ लाख भन्दा बढिको  क्षति भएको पिडीतहरुले बताएका छन ।

आगलागिमा परी घरमा राखिएको दुई लाख नगद रकम समेत जलेको पिडित मेवालाल ठाकुरले बताएका छन ।

सो अवसरमा बैंकका उपाध्यक्ष थारुले लगातारको बढ्डो गर्मी संगै देशको पहाडी वनजङ्गल, मधेश तराइको वनजङ्गलको साथै मधेशको क्षेत्रमा बिगत १ महिना भन्दा बढी समयमा वनडढेलो , घर बस्ती गोढ , खेत ,अनाज नै सखाप हुन लागेकोले सम्पूर्णले आगलागिबाट सजग सावधान रहि आआफ्नो र आफन्तको साथै समाजको सुरक्षा गर्न  आग्रह गर्नु भयो ।

सो अवसरमा बैंकका अध्यक्ष सिंहले विगत १ महिना बढिको समय देखि देश भरी बाटै दुख्द एवं भयानक खबर आइरहेकोले हामी अब पनि सचेत सावधान भएनौ भने स्थिति अत्यन्तै भयानक एवं कष्टकर हुने भन्दै आगो देखि सजग सावधान रहि आआफ्नो र आपनो परिवार एवं समाजलाई सुरक्षित बनाउन आग्रह गर्दै सहयोगी सम्पुर्ण प्रति आभार ब्यक्त गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शैक्षिक संस्थाबाट दलीय संगठन हटाउन प्रधानमन्त्रीको कडा निर्देशन

पर्सा पोस्ट, बैशाख ०७ गते, काठमाडौं । बालेन्द्र शाहले विश्वविद्यालय...

बिरगंजमा सशस्त्र प्रहरी बलको १९ औं स्थापना दिवस भब्य रुपमा सम्पन्न

पर्सा पोस्ट, बैशाख ०७ गते, वीरगञ्ज । सशस्त्र प्रहरी बल...

विपन्न परिवारको बिहेवारीमा सहयोग : जगरनाथपुरमा खाद्यान्न वितरण

पर्सा पोस्ट, बैशाख ०७ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–५...