शैक्षिक सहिद स्व. खनाल स्मृति प्रतिष्ठानद्वारा होलि पर्वको सुभकामना आदानप्रदान , अधिवेशन यहि चैत्र १७ गते गर्ने निर्णय

Date:

अजित कुमार भुजेल , बिरगंज । शैक्षिक सहिद स्व. मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठान पर्साले होलि पर्वको शुभकामना आदानप्रदान गरि संस्थाको अधिवेशन यहि चैत्र १७ गते शनिवार गर्ने निर्णय गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष मुना कुमारी खनालको अध्यक्षतामा बिकन स्कुलको प्राङ्गणमा आज बसेको बैठकले सो निर्णय गरेको हो। सो कार्यक्रममा अध्यक्ष खनालले सहभागिहरुलाइ अबिर टीका लगाएर होलि पर्वको बधाई तथा शुभकामना प्रदान गरेका छन ।

ठाकुरराम बहुमुखी क्याम्पसका पुर्व प्रध्यापक स्व.मुकुन्द प्रसाद खनालको १२ बर्ष अगाडि बारा जिल्लाको पसाहामा  बसमाथी पेट्रोल बम प्रहारबाट उहाको निधन भएपछि नेपाल सरकारले उहालाइ शैक्षिक सहिद घोषणा गरेको हो ।

स्व. खनालको सम्झनामा उहाका परिवारजनले शैक्षिक र स्वास्थ्य क्षेत्रमा निस्वार्थ सेवा सहयोग गर्ने उदेश्यका साथ उहाको नाममा प्रतिष्ठान स्थापना गरि विभिन्न कार्यहरु गर्दै आएको स्व. खनालको जेठी छोरी मुना कुमारी खनाल प्रतिष्ठानको अध्यक्ष हुनु हुन्छ ।

गत समयमा प्रतिष्ठानले ठाकुरराम बहुमुखी क्याम्पस बिरगंजको प्राध्यापक संघको लागि नवनिर्मित भवनको हस्तान्तरण तथा क्याम्पसका अवकाश प्राप्त प्राध्यापकहरुलाई सम्मान गरेको थियो भने आमाको माया छात्रावासका विद्यार्थीहरुलाइ शैक्षिक सामाग्री एवं खाजा वितरण गरेको थियो ।

त्यस्तै बिभिन्न स्कुललाइ पंखा प्रदान गर्ने जस्ता विभिन्न सहयोग समेत गरेको सल्लाहकार प्रकाश कुमार उपाध्यायले बताउदै होलि पर्वको सम्पुर्णलाई बधाई तथा शुभकामना ब्यक्त गरेका थिए ।

सो अवसरमा मधेश विश्वविद्यालयका प्राध्यापक डा. हरेराम ठाकुर , रेलवे स्कुलका प्रधानाध्यापक प्रभु प्रसाद रौनियार, वडा ४ का वडासदस्य शर्मा बैठा , नेपाल रेडक्रस सोसाइटी रेशमकोठिका सदस्यहरु श्रवण बहादुर रायमाझी र अभिलाश गुप्ता , अल्पाइन स्कुलका संस्थापक बिनोद उपाध्याय ,दलित समाजसेवी अशोक राउत,समाजसेवी राजेन्द्र भट्टराई ,बिकन स्कुलका सहनिर्देशक सार्दुल भट्टराई , बिदेशी अतिथी कृष्टिना कन्चन ,युवा अभियन्ता कुमार दास,अशोक श्रेष्ठ लगायत विभिन्न संघसंस्थाका पदाधिकारी प्रतिनिधिहरुको साथै संस्थाका कोषाध्यक्ष श्रीमती बिना खतिवडा आचार्य, रिना विश्वकर्मा , नवराज भट्टराई , ओसन कुमार गुप्ता, बिकन स्कुलका प्रअ जय कुमार दनुवारको सहभागिता रहेको थियो।

कार्यक्रमको सहजीकरण प्रतिष्ठानका सचिव लालबाबु सिंहले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शैक्षिक संस्थाबाट दलीय संगठन हटाउन प्रधानमन्त्रीको कडा निर्देशन

पर्सा पोस्ट, बैशाख ०७ गते, काठमाडौं । बालेन्द्र शाहले विश्वविद्यालय...

बिरगंजमा सशस्त्र प्रहरी बलको १९ औं स्थापना दिवस भब्य रुपमा सम्पन्न

पर्सा पोस्ट, बैशाख ०७ गते, वीरगञ्ज । सशस्त्र प्रहरी बल...

विपन्न परिवारको बिहेवारीमा सहयोग : जगरनाथपुरमा खाद्यान्न वितरण

पर्सा पोस्ट, बैशाख ०७ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–५...