अजित कुमार भुजेल , बिरगंज । नेपाली काङ्ग्रेसका नेता एवं वरिष्ठ समाजसेवी वीरगन्ज महानगर पालिका वडा न. ४ निवासी मानवताप्रेमी अधिवक्ता प्रकाश उपाध्यायद्वारा १ ठूलो ब्याग कपडाको साथै नगद ५ हजार ५ रुपैया सहयोग गरेको छ ।
वीरगन्ज कपडा बैंकको कार्यालय वीरगन्ज -८ पुगेर अध्यक्ष लालबाबु सिंह लाई सहयोग हस्तान्तरण गर्नु भएको छ ।
सो पुनित कार्यमा उहाको सुपुत्र बिकन स्कुलका सहनिर्देशक एवं युवा समाजसेवी सार्दुल उपाध्यायको सहभागिता रहेको छ ।
वरिष्ठ समाजसेवी उपाध्यायले वीरगन्ज कपडा बैंकले गरेको कार्यहरुलाई निकै उत्साहपुर्वक निकै खुशी हुँदै अवलोकन गरिरहेको र केही समय पहिले बैंक कै कार्यालयमा आइ कपडा बैंकलाइ हौसला बढाउदै त्यस बैंक कार्य संचालनमा आउने आर्थिक समस्यालाइ सघाएर साथ दिने प्रतिबद्धता जनाउनु भएको थियो र आज देखी उहाँ बैंक परिवारकै सदस्य हु भनी प्रण गरेर हामिलाइ हौसला प्रदान गरेर मानवता बलियो बनाउने कार्य प्रती एक्यवद्धता जनाउनु भयो उहाँ र पुरै परिवार प्रती वीरगन्ज कपडा बैंक परिवार आभारी प्रकट गर्दै उहाको पुरै परिवारको जय जय होस ।
कपडा बैंक कार्यालय घन्टाघर देखि उत्तर तर्फ आर्मी ब्यारेक सडक भित्र वीरगन्ज सामुदायिक आँखा अस्पतालको पुर्वको भवनमा रहेको छ जहाँ आइतबार देखि शुक्रवार बिहान १०.३० बजे देखि साझ ५ बजे सम्म कार्यालय खुल्ला रहने भएकोले आवश्यकता अनुसार निशुल्क कपडा लिन सकिन्छ दिन सकिन्छ ।