अजित किमार भुजेल , बिरगंज । महालक्ष्मी विकास बैंकले एक छात्रलाई ५० हजारको छात्रवृत्ति प्रदान गरेको छ ।
मंगलवारको दिन एक कार्यक्रमको आयोजना गरि बैंकले स्व.हिरा प्रसाद गिरी महालक्ष्मी मेरिट छात्रवृत्ति कार्यक्रम अन्तर्गत आमाको माया छात्रावास, वीरगन्जमा आश्चित एक छात्रलाई छात्रवृत्ति प्रदान गरेको हो ।
कक्षा १० मा अध्ययनरत जिवन राजवंशी लाई ५० हजार रूपैयाँको छात्रवृत्ती प्रदान गरिएको बैंकका कर्मचारी संदिप कुश्वाहाले जानकारी गराए ।
छात्रावासको सभाहलमा आयोजित कार्यक्रममा महालक्ष्मी विकास बैंकका संचालक श्यामसुन्दर रुंगटा, मधेश प्रदेश प्रमुख सुदिपचन्द्र पोखरेल, वीरगन्ज शाखाका शाखा प्रमुख पुरुषोत्तम अधिकारी, शाखामा कार्यरत प्रकाश खड्का र प्रदेश कार्यालयका कर्मचारी राजु मानन्धरको उपस्थिती रहेको थियो ।
साथै आमाको माया छात्रावासका अध्यक्ष भावरलाल पारिक, उपाध्यक्ष राजकुमार दारुका एवं आश्रित विधार्थीहरुको पनि सहभागिता रहेको थियो । विगत ३ वर्ष देखी यस बैंकले राजरवंशीलाई अध्ययनको लागि प्रत्येक वर्ष रकम प्रदान गर्दै आईरहेको छ । बैंक सदैव सामाजिक उत्तरदायित्व पुरा गर्नमा पछाडि नहट्ने र यस्ता कार्यक्रमहरु गरिरहने शाखा प्रबन्धक अधिकारीले प्रतिबद्धता जनाए ।
यो अन्तिम छात्रवृत्ति रहेको जानकारी पाएपछि यसलाई निरन्तरता दिन अध्यक्ष पारिकले बैंकलाई अनुरोध गरे । उनले भने, यो कार्यक्रम सराहनीय र आवश्यकता रहेकाहरुका लागि प्रभावकारी रहेकोले माथि पहल गरेर यसलाई निरन्तरताका लागि पहल गरिदिन अनुरोध गरे। हाल यस राष्ट्रिय स्तरको बिकास बैंकले देशभरी १०३ वटा शाखा तथा ४९ एटिएम मार्फत बैंकिङ सेवाहरु प्रदान गर्दै आईरहेको छ ।