रमजानको अवसरमा समाजसेवी कुरैसीद्वारा बिपन्न परिवारजनलाई खाद्यान्न सहयोग

Date:

अजित कुमार भुजेल , बिरगंज । मुस्लिमहरुको महान पर्व रमजानको अवसरमा समाजसेवी हाजी फारुख जमाल कुरैसीद्वारा ३० बिपन्न परिवारलाइ खाद्यान्न सहयोग गरेको छ ।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया-२ वीरगन्ज पर्साको आयोजनामा तथा राईजिङ्ग वीरगन्ज नेपालको बिशेष पहलमा समाजसेवी हाजि फारुख जमाल कुरैसीको पुर्ण सहयोगमा वीरगन्ज महानगरपालिका वडा २ स्थित सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाको कार्यालय अगाडि मुस्लिमहरुको महान पर्व रमजानको अवसरमा ३० बिपन्न परिवारलाई प्रती परिवार ५ हजार बराबरको खाधान्न सामाग्रीहरु बितरण गरिएको हो ।

सो कार्यक्रम सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष हाजी ग्यासुदिन ठकुराईको अध्यक्षतामा तथा वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक पुष्कर बोगटीको प्रमुख आथित्यमा प्रहरी चौकी ईनर्वाका प्रमुख प्रहरी नायब निरीक्षक तेज प्रताप सिंह, सामुदायिक सेवा केन्द्रका वरिष्ठ उपाध्यक्ष म. अब्दुल हक , सचिव  प्रबिण बिक्रम शाह, सदस्य अब्दुल कैश, साहेब हुसैन , नेपाल घराधना समाजका संयोजक श्री अवधेश प्रसाद साह, सामुदायिक प्रहरी सहायक निरीक्षक ज्ञान बहादुर श्रेष्ठ,प्रहरी हवल्दार देवेन्द्र कुमार पटेल, प्र.ह रुप कुमार यादव, प्रहरी जवान दिपेन्द्र कुमार यादव र प्रहरि जवान भिम बहादुर कपडयाल लगायत स्थानिय अग्रज, महिला , युवाहरुको सहभागिता रहेको थियो ।

सो खाधान्न सहयोगमा प्रत्येकलाई चामल १ बोरा, तेल ५ पाकेट, आटा ५ केजी ,  चना ५ के.जी, मसुरी दाल १ केजि ,  चिउरा २ के.जी ,चना दाल २ के.जी. ,सुजि २ के.जी,स्वाविन ५०० ग्राम
,खजुर  ५०० ग्राम, चिनी ३ के.जी ,नुन १ के.जी लगायतका सामाग्रीहरु रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...

बिरगंज महानगरको अबैध कर संकलनमा अदालतको ब्रेक , सान्सद पन्तको पहल सफल

पर्सा पोस्ट, बैशाख ११ गते, वीरगञ्ज । जनहितका मुद्दामा निरन्तर...

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...