सुनको सिक्रीको निहुमा बिरगंजमा बिवाह रद्द , बेहुला सहित ५ जना आफन्तहरु प्रहरी खोरमा

Date:

अजित कुमार भुजेल , बिरगंज । सुनको सिक्री नदिएको निहुमा सोमबार विवाह रद्द गर्ने दुल्हा र दुल्हाका आफन्त गरि ५ जनालाइ पर्सा प्रहरिले पक्राउ गरेको छ ।

जिल्ला पर्सा वीरगन्ज महानगरपालिका वडा-२४ रामगढवामा सोमबार जिल्ला बारा कलैया उपमहानगरपालिका वडा ४ निवासी वर्ष २८ को उमेश साह गोढको विवाहको लागि जन्ती लियेर आएको र सामाजिक परम्परा अनुसार विवाह भैरहेको अवस्थामा सोमबार अबेर राती करिब २ बजेको समयमा बेहुला पक्षबाट दाइजो स्वरुप नगद १२ लाख , मोटरसाईकल, ल्यापटप, अन्य गरगहना , लत्ताकपडा र बरातलाई भब्य स्वागत स्वरुप खाना नास्ताको उचित प्रबन्ध भएतापनी बरमालाको समयमा बेहुला पक्षले थप सुनको सिक्रीको डिमान्ड गरेपनि सिक्री  नपाएको भनी बेहुला तथा निजका आफन्तहरूले वेहुली पक्षकाहरूसंग वाद-विवाद तथा हातपात समेत गरी विवाह छोडी जान लागेको भन्ने बेहुली पक्षले मौखिक सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मातहत वडा प्रहरी कार्यालय श्रीपुरबाट प्रहरी टोलीले उक्त विवाह रद्ध गर्ने दुल्हा र दुल्हाको आफन्तहरुलाइ पक्राउ गरि जिल्ला प्रहरी कार्यालयमा ल्याएर उनिहरू विरुद्ध विवाह सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट दिन-२ ( दुई ) म्याद थप अनुमति लिई थप अनुसन्धान तथा कारवाही भैरहेको प्रर्सा प्रहरी प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले जानकारि गराएका छन  ।

पक्राउ पर्नेहरुमा जिल्ला बारा कलैया उपमहानगरपालिका वडा -४ बस्ने वर्ष २८ को दुल्हा उमेश साह गोढ , दुल्हाको बुवा वर्ष ६० को बच्चालाल साह गोढ , दुल्हाको दाइहरु बर्ष ४२ को राकेश कुमार साह -वर्ष ४० को मुकेश कुमार साह र बारा परवानीपुर गाउपालिका वडा -५ बस्ने दुल्हाको भिनाजु वर्ष ४५ को रामएकवाल साह रहेको पर्सा प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जेनजी शहीदको सम्झनामा वीरगञ्जमा दीप प्रज्वलन, ‘युवाको विश्वास नटुटोस्’ : प्रकाश उपाध्याय

पर्सा पोस्ट, भदौ २४ गते, वीरगञ्ज । श्री भगवती युवा...

जेन–जी सहिद दिवसमा वीरगञ्जमा दीप प्रज्वलन, दोषीमाथि कारबाहीको माग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । जेन–जी आन्दोलनका क्रममा...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : रोयल एकेडेमीलाई उपाधि, प्याब्सन पर्साद्वारा बाढीपीडितका लागि १५ लाख सहयोग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । प्याब्सन वीरगञ्जको आयोजनामा...