अजित कुमार भुजेल , बिरगंज । निजि तथा आवसिय बिधालय अर्गनाइजेसन नेपाल ( प्याब्सन ) वीरगन्ज महानगर समितिले आयोजना गरेको २ दिने बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको छ ।
प्याब्सन वीरगन्ज महानगरका अध्यक्ष आलोक चौरसियाको अध्यक्षता एवं प्याब्सनका केन्द्रिय सदस्य छेडुप लामाको प्रमुख आतिथ्यमा वीरगन्ज -२४ रामगढवामा अवस्थित लिटिल एन्जल स्कुलमा फाल्गुन १८ र १९ गते वीरगन्जका १५ वटा स्कुलको छात्रछात्राहरुको सहभागिता रहेको बुद्धिचाल प्रतियोगिताको समापन समारोहमा बिजेताहरु एवं सहभागिहरुलाइ पदक र प्रमाणपत्र प्रदान गरि सम्पन्न भएको हो ।
सो प्रतियोगितामा कक्षा ९ -१० समुहमा गौतम स्कुलका शिवम पाठक पहिलो भएका छन भने मास्कोट एकेडेमीका निखिल बैठा दोस्रो र न्यु वेभका राज चौधरी तेस्रो भएका थिए ।
त्यसै गरि कक्षा ६-८ समुहमा मास्कोटका सुभम समन प्रथम भएका छन भने मुनलाइट स्कुलका सनम श्रेष्ठ दोस्रो र बिपिएसका साछु प्रसाद चौधरी तेस्रो भएका छन ।
छात्रा समुहमा मुनलाइटका साक्षि साह प्रथम भए भने मास्कोटका स्नेहा साह दोस्रो र ज्ञानज्योतिका प्रबिन अहाना तेस्रो भएका छन । त्यस्सिगरी कक्षा १-५ समुहमा गोल्डेन फ्युचरका यादव प्रथम भए भने मनोकामनाका साउथी श्रेष्ठ दोस्रो र ज्ञान ज्योतिका लक्की राजा तेस्रो भएका छन ।
सो प्रतियोगितामा बिशिस्ट अतिथी वीरगन्ज महानगर २० का वडाअध्यक्ष एवं फिडे आर्बिटर रामकिशोर सिंह पराग,प्याब्सन मधेश प्रदेश्स्का वरिष्ठ उपाध्यक्ष एवं कार्यक्रम संयोजक श्याम केसि,अतिथिहरु प्याब्सन पर्साका वरिष्ठ उपाध्यक्ष सरोज चौधरी,कन्चनजंघा स्कुल का निर्देशक मार्टिन मोक्तान ,प्रेस सेन्टरका केन्द्रिय सदस्य निरज पिठाकोठे मगर,वीरगन्ज युवा समाजका पुर्व अध्यक्ष कमल चौगाई,खेलकुद पत्रकार महासंघ पर्साका अध्यक्ष तिवारी यादव , सन्चारकर्मिहरु लालबाबु सिंह ,सन्तोष रन्जितकार,जगत राई लगायत सहभागी स्कुलका शिक्षक, बिद्यार्थी , अभिभावकहरुको बाक्लो सहभागिता रहेको थियो ।
सो कार्यक्रममा निर्णायकको मुख्य भुमिकामा नेपाल चेस फेडरेसनका पुर्व केन्द्रिय सदस्य फिडे आर्बिटर रामकिशोर सिंह परागले र नेसनल आर्बिटरहरु मधेस प्रदेश अध्यक्ष सुबोध पौडेल, पर्सा जिल्ला अध्यक्ष अजय कुर्मी र सुशिला गुरुङले गर्नु भएको थियो ।
कार्यक्रममा धन्यवाद मन्तव्य श्याम केसिले गरेका थिए भने स्वागत मन्तव्य आलोक चौरसियाले र सहजीकरण सचिव सन्नी पाख्रीनले गरेका थिए ।