प्रथम अल्पाईन कप -२०८० को उपाधी नेशनल ईन्फोटेक कलेजले चुम्यो

Date:

अजित कुमार भुजेल , बिरगंज । प्रथम अल्पाइन कप -२०८० इन्टर कलेज टी २० क्रिकेटको उपाधी नेशनल इन्फोटेक कलेजले हात पार्न सफल भएको छ ।

बिरगंजको नारायण रंगशाला स्थित क्रिक्रेट खेल मैदानमा शनिबार भएको फाईनल खेल ग्लोबल बिजनेश कलेज र नेशनल ईन्फोटेक कलेज बीच भएको थियो ।

फाइनल खेलमा ग्लोबल बिजनेश कलेजलाई १६ रनले हराउँदै नेशनल ईन्फोटेक कलेजले उपाधी चुमेको हो ।

आज भएको खेलमा टस जितेर ब्याटिङ रोज्दै नेशनल ईन्फोटेक कलेजले २० ओभरमा पूरै विकेट गुमाएर  १२२ रन बनाएको थियो भने १२३ को लक्ष्यको लागि जवाफी ब्याटिङ गर्दै  ग्लोबल बिजनेस कलेजले निर्धारित ओभरमा ६ विकेट गुमाउदै १०६ रनमै अलआउट भएको हो ।

आजको खेलमा महम्मद सरिफ अन्सारी म्यान अफ दि म्याच घोषित भएका छन् भने बेस्ट ब्याडसम्यान ग्लोबलका निरज यादव , बेस्ट बलिङ्ग नेशनल ईन्फोटेक कलेजका वसिम अलि मन्सुरि र प्लेयर अफ द टुर्नामेन्ट बिपिसी कलेजका सन्दिप सिंह घोषित भएका थिए ।

अल्पाईन स्कुलका सस्थापक डाईरेक्टर बिनोद उपाध्यायको अध्यक्षतामा भएको समापन कार्यक्रममा स्कुलका प्रिन्सिपल बिशाल उपाध्याय , कौशल सिंह , पर्सा क्रिक्रेट संघका अध्यक्ष मनिष सिंह , ग्लोबल बिजनेस कलेजका प्रिन्सिपल डाईरेक्टर श्रीराम दास , अल्पाईन स्कुलका कोच पुर्व ईन्टरनेशनल प्लेयर तथा पर्सा क्रिक्रेट संघका सदस्य कलामोदिन अन्सारी , एन प्याब्सन पर्साका अध्यक्ष राम राज श्रेष्ठ , रोयल एकेडेमीका भाईस प्रिन्सिपल सुमन श्रेष्ठ , श्रीपुर स्कुलका टिचर असलम अन्सारी , ईम्पाएर सतिश सिंह राजपुत , सम्साद अलि , नौसाद अलि, श्याम सुन्दर सर , बाबुल सिंह , बरुण निसाद , सन्चारकर्मी अजित भुजेल , मुनेश लायो मगर , आनन्द पटेल , राम मन्डल लगायतको सहभागिता रहेको थियो ।

सो प्रतियोगितामा १६ टिमले भाग लिएका थिए । लिगगेम अन्तर्गत खेलिएको सो खेल आज फाईनल सम्म पुग्दा २२ औं दिन फाईनल खेलको साथै समापन समेत भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

वीरगन्जमा बैशाख १ गते ” हनुमान आराधना तथा महाआरति ” आयोजना हुने

पर्सा पोस्ट, चैत ३० गते, वीरगञ्ज । वीरगञ्जमा नयाँ वर्षको...

नारायणी अस्पतालमा २४ औं महिनासम्म निरन्तर नि:सुल्क भोजन सेवा सम्पन्न

पर्सा पोस्ट, चैत २८ गते, वीरगञ्ज । वीरगञ्ज समाज सेवाको...

विरगंज वडा न. ८ को नवनिर्मित कार्यालय भवन उद्घाटन , सेवा प्रवाह अझ प्रभावकारी हुने अपेक्षा

पर्सा पोस्ट, चैत २७ गते, वीरगंज । वीरगंज महानगरपालिका वडा...