अजित कुमार भुजेल, बिरगंज। “समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया-२ को आयोजनामा लैङ्गिक हिंसा रोकथाम सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ ।
पर्सा जिल्ला बिरगंज महानगरपालिका वडा नं.२ स्थित प्रहरी बिट अगाडि लैङ्गिक हिंसा रोकथाम सम्बन्धि जनचेतनामूलक पर्चा पम्पलेट बितरण गरि कार्यक्रम सम्पन्न भएको थियो ।
लैङ्गिक हिंसा के हो , लैङ्गिक हिंसा कति प्रकारका हुन्छन् , लैङ्गिक हिंसा भएको व्यक्तिलाई पर्सा जिल्ला स्थित नारायणी अस्पतालमा एकद्वार संकट व्यवस्थापन केन्द्र २०७८ देखि सन्चालनमा आई निरन्तर सेवा प्रवाह गरिरहेको सो पर्चा पम्पलेटमा जानकारी गराईएको छ ।
त्यसै गरि लैङ्गिक हिंसामा परेकालाई सहयोग गर्न चाहनु हुन्छ भने ओ . सि. एम. सि. मा सम्पर्क गर्न सक्नु हुने छ ।
उक्त कार्यक्रम सामुदायिक सेवा केन्द्र छ्पकैया-२ का सदस्य अजित कुमार भुजेलको बिशेष उपस्थितिमा सामुदायिक प्रहरीका प्रहरी सहायक निरीक्षक ज्ञान बहादुर श्रेष्ठ , प्रहरी हवल्दार दुर्गा कुमार आले, प्रहरी हवल्दार देवेन्द्र कुमार पटेल, प्रहरी जवान दिपेन्द्र कुमार यादव र प्र.ज सम्भु महतो , भिम बहादुर कपडयाल लगायतको उपस्थिति रहेको थियो।