माउन्ट मकालुले आफ्नो २७ औं बार्षिकोत्सव विभिन्न कार्यक्रम गरि मनाए

Date:

अजित कुमार भुजेल , बिरगंज । माउन्ट मकालु ईङ्ग्लिस बोडिङ्ग स्कुलको २७ औं बार्षिकोत्सव विभिन्न कार्यक्रम गरि मनाईयो ।

बि.स. २०५३ सालमा स्थापित भएको सो स्कुल आज २७ बर्ष पूरा गरि २८ औं बर्षमा प्रवेश गरेकोमा आज बिरगंजको क्लासिक ब्यान्केटमा एक कार्यक्रमको आयोजना गरि मनाएको थियो।

सो स्कुल बीरगंज महानगरपालिका वडा नम्बर १० रानीघाट स्थित अशोक बाटिकामा रहेको छ । पिजि देखि कक्षा १० सम्म गरि कुल विद्यार्थी ४५० जना अध्ययनरत रहेको र २० जनाले रोजगारी पाईरहेको एक उत्कृष्ट शैक्षिक सस्था हो।

स्कुलको वार्षिकोत्सब समारोहको उद्घाटन प्याब्सन नेपालका केन्द्रीय सदस्य छेडुप लामाले पानसमा दिप प्रज्वलित गरि गर्नुभएको थियो । उहाँले बिधालयले पढाईको साथ साथै विद्यार्थीको मानसिक बिकास , शारीरिक बिकास र बौद्धिक बिकासको लागि निजि स्कुलले विभिन्न क्रियाकलापको आयोजना साकृतिक कार्यक्रम , भाषा , सस्कृति , खेलकुद , नृत्य , गायन , बक्तुत्वकला , स्पिच जस्ता कार्यक्रमले विद्यार्थीहरुको आत्मशक्ति बढने हुदा पढाई र अतिरिक्त क्रियाकलापलाई सङ्ग सङ्गै लैजानु पर्नेमा जोड दिनु भएको थियो ।

सो कार्यक्रममा पिजि देखि ८ र ९ का विद्यार्थीहरुले आफ्नो नृत्य तथा  गायन प्रस्तुत गरि उपस्थित अतिथि र  अभिभावकहरुलाई मनोरञ्जन  गराएका थिए ।

स्कुलका प्रिन्सिपल राहुल श्रीवास्तवको अध्यक्षतामा सम्पन्न सो वार्षिकोत्सब समारोहको स्वागत मन्तव्य माउन्ट मकालु इङलिस वोडिङ्ग स्कुलका भाईस प्रिन्सिपल रेखा जैसी र कार्यक्रम सन्चालन सन्चारकर्मी सुर्य बिकले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...