महानगरले बिधालयहरु ३ दिनको लागि थप जाडोको बिदा

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंज महानगरपालिकाले जाडोको  विदा थप गरेको छ । चिसो झन झन दिनानुदिन बढ्दै गएकोले चिसोलाई मध्यनजर गर्दै महानगरपालिकाले अझै ३ दिनको लागि जाडो विदा लम्ब्याएको हो ।

महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरबिन्दलाल कर्णद्वारा आइतवार जारी सूचनामा जाडो विदाको आधिकारीक जानकारी गराइएको थियो ।

आज जारी सूचना अनुसार यही माग ८ गते देखि १० गतेसम्म बिरगंज महानगर भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुमा विदा हुनेछ ।

यसअघि महानगरपालिकाले पुष २३ गतेदेखि माघ १ गतेसम्म जाडो विदा दिएको थियो । चिसो बढ्दै गएपछि विदा लम्ब्याउँदै माघ २ गतेदेखि ४ गतेसम्म जाडो विदा थप गरेको थियो ।

अहिले यो तेस्रो पटक जाडोको बिदा दिइएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

गहवामाई मेलामा लायन्स क्लबको सेवाभाव : ६०० भन्दा बढी श्रद्धालुलाई प्रसाद वितरण

पर्सा पोस्ट, कार्तिक ०२ गते, वीरगञ्ज । बडादशैँको अवसरमा वीरगञ्जस्थित...

महाअष्टमीमा वीरगञ्ज कपडा बैंकको मानवतामुखी अभियान, १ हजार ५०० जनालाई निःशुल्क कपडा र चनाभुजा वितरण

‘कोही पनि नाङ्गो नरहोस्’ भन्ने मूलमन्त्रसहित बडादशैँमा विपन्न तथा...

पत्रकारलाई ज्यान मार्ने धम्की दिने व्यवसायी अग्रवाललाई प्रेस सेन्टरको कडा चेतावनी

पर्सा पोस्ट, कार्तिक १ गते, वीरगञ्ज । समाचार सम्प्रेषण गरेको...