मोटरसाइकल दुर्घटनामा एमबिबिएसमा अध्ययनरत दुई विद्यार्थीको मृत्यु

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंजमा आइतबार बिहान मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।

बिरगंज महानगरपालिका वडा न. १५ स्थित जिल्ला आयुर्वेद अस्पतालदेखि पूर्व जाने सडकमा भएको मोटरसाइकल दुर्घटनामा २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेहरूमा धनुषा ५ का सुमित यादव र बारा सुवर्णपुरका सञ्चित यादव रहेका छन् । प्रहरीका अनुसार मृतक दुवैजना वीरगन्जको नेशनल मेडिकल कलेजमा एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत थिए ।

मधेस प्रदेश २–०३–०२१ प ५४३२ नम्बरको मोटरसाइकल दुर्घटना भएको पर्सा प्रहरीले जनाएको छ ।

मोटरसाइकल तीव्र गतिमा रहेकाले अनियन्त्रित भई दुर्घटना भएको पर्सा प्रहरीका प्रवक्ता कुमारविक्रम थापाले जानकारी दिए ।

मृतक दुवै जनाको शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ  ।

बिहान स्थानीयले दुर्घटना भएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...

बिश्वकप जितपछि स्पेनमा नयाँ युगको प्रतीक बन्यो लियोनोर – यामलको ट्रफि उत्सव

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज। स्पेनले २०२६ फिफा विश्वकपको...