अजित कुमार भुजेल , बिरगंज । आठौं प्याब्सन टि-२० क्रिक्रेट प्रतियोगिताको उद्घाटनको पहिलो दिन शनिबार साउथ जोन माबी र गौतम माबी बिजयी भएको छ ।
पहिलो खेलमा साउथ जोन माबिले सेन्ट जेभियर्स माबीलाई ९ बिकेटले हराएको थियो ।टस जितेर ब्याडिङ्ग रोजेको सेन्ट जेबियर्स निर्धारित ओभरमा पुरै बिकेटको गुमाई ८९ रन बनाएको थियो ।
त्यसैगरि जवाफी ब्याटिङ्ग गरेका साउथ जोन माबीले ८.२ ओभरमा १ बिकेट गुमाएर बिजय हाशिल गरेका थिए ।
पहिलो खेलको म्यान अफ द म्याच साउथ जोन माबिका चन्दनराम घोषित भएको प्रतियोगिता सन्योजक अमित आलोकले जानकारी दिनुभयो।
आजै दोस्रो खेल गौतम माबी र ज्ञानज्योति माबी बीच भएको खेलमा गौतम माबी बिजयी भएको थियो । समय अभावको कारण १५ ओभरमा खेलाईएको खेलमा टस जितेर पहिलो ब्याटिङ्ग गरेका ज्ञानज्योति माबीले पूरा ओभरमा ६ बिकेट गुमाउदै ९० रन बनाएका थिए ।
९१ रनको लक्ष्य सहित जवाफी ब्याटिङ्ग गरेको गौतम माबिले १४ ओभरमा ७ बिकेटको क्षतिमा लक्ष्य पूरा गरि बिजयी भएको थियो ।दोस्रो खेलको म्यान अफ दि म्याच ज्ञानज्योति माबीका अन्शु कुमार साह घोषित भएका छन ।
प्याब्सन पर्साका अध्यक्ष पुरन प्रधानको अध्यक्षतामा भएको शनिबार क्रिक्रेट प्रतियोगिताको उद्घाटन बिरगंज महानगर पालिकाका नगर प्रमुख राजेशमान सिंहले गरेका थिए ।
उद्घाटनसत्रमा बोल्दै मेयर सिंहले बिरगंज खेलकुदको उर्वरभूमि भएकोले सबै खेलकुदको विकासका लागि बिरगंज महानगरपालिका हातोमालो गर्न तयार रहेको बताए । बिरगंजबाट धेरै खेलाडीहरुले राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा ख्याती कमाएको बताउदै बिरगंज र देशलाई चिनाउने खेलाडीहरुलाई तीनवटै तहले सम्मान र उनीहरुको भविष्य सुरक्षित गर्नुपर्ने बताए ।
निजी विद्यालयहरुले अन्तर विद्यालयस्तरमा प्रतियोगिताको आयोजना गरेर सराहनीय काम गरेको बताउदै मेयर सिंहले राष्ट्रिय स्तरको प्रतियोगिताको आयोजना गर्न सुझाव दिए । त्यसको लागि महानगरपालिकाले गर्नुपर्ने सहयोग गर्ने आश्वासन पनि दिए ।
कार्यक्रममा मधेस विश्व विद्यालयका रजिष्ट्रार विजय यादव, प्रेस सेण्टरका केन्द्रीय सदस्य नीरज पिठाकोटे मगर, एनप्याब्सनका पर्सा अध्यक्ष रामराज श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
साउथजोन माविका सहायक प्रिन्सिफ अशोक संग्रौलाले सञ्चालन गरेको कार्यक्रममा स्वागत प्याब्सन वीरगन्ज महानगरका अध्यक्ष आलोक चौरसियाले गरेका थिए ।
जिल्लाका ३० वटा विद्यालयहरु सहभागिता रहेको प्रतियोगितामा ४ समुहमा विभाजन गरिएको छ ।
प्रतियोगिता आयोजनाका लागि ७ लाख ८२ हजार ४५० बजेट छुट्याइएको आयोजकले जनाएको छ । उदघाटन् सत्रमा गरिएको मार्चपासमा मनकामना मावि प्रथम, मास्कोट मावि दोश्रो र एमईएस मावि तेश्रो भएको थियो ।
प्रतियोगिताको दोस्रो दिन आइतबार तेस्रो म्याच मनकामना माबी र अलपाईन बीच र चौथो म्याच एमईएस माबी र नेपाल काबेरी माबी बीच हुने भएको छ ।