महम्मद अब्बास मन्सुरिलाई सामाजिक तथा सास्कृतिक उत्थान सुझाव समितिको संयोजकमा चयन

Date:

अजित कुमार भुजेल बिरगंज । धार्मिक सहिष्णुता सहितको मौलिक समाज निर्माणमा सबै लाग्नु पर्नेमा बिरगंज महानगर पालिकाका नगर प्रमुख राजेशमान सिंहले जोड दिनु भएको थियो

आइतबार बिरगंज महानगरका मुस्लिम समुदायको भेलाबीच गठन भएको ‘मुस्लिम समुदाय सामाजिक तथा सांस्कृतिक उत्थान सुझाव समिति’को औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले धार्मिक सहिष्णुता सहितको मौलिक समाज निर्माण गर्ने कार्यमा सबैलाई  लाग्न आग्रह गर्नु भएको थियो  ।

केही उच्छृङखल व्यक्तिका कारण वर्षौँदेखि एक ढिक्कामा रहेको समाज टुक्रयाउने खेला भइरहेको प्रति सबै सजग र सचेत भएर त्यसका विरुद्ध एक भएर लाग्नु पर्ने समेत बताए ।

बिरगंज महानगरपालिका भित्र बसोबास गर्ने सम्पूर्ण मुस्लिम समुदायको सामाजिक तथा सांस्कृतिक पक्षहरुको अध्ययन एवं अनुसन्धान गरी आवश्यक सुझाव पेश गर्ने गरि महानगरद्वारा ‘मुस्लिम समुदाय सामाजिक तथा सांस्कृतिक उत्थान सुझाव समिति’ गठन भएको हो । महानगरको ३२ वटै वडाबाट सदस्य रहने गरि समितिको संयोजको जिम्मेवारी महम्मद अब्बास मंसुरीलाई दिइएको छ ।

  • कार्यक्रममा बिरगंज महानगरपालिकाको वडा नं. १४ का वडाध्यक्ष महबुब एलाही, मौलाना असगर मदनी, खुश महम्मद, शेष लाल महम्मद, कलिमुल्लाह मियाँ ठकुराई, खैरुद्धिन मियाँ लगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

गहवामाई मेलामा लायन्स क्लबको सेवाभाव : ६०० भन्दा बढी श्रद्धालुलाई प्रसाद वितरण

पर्सा पोस्ट, कार्तिक ०२ गते, वीरगञ्ज । बडादशैँको अवसरमा वीरगञ्जस्थित...

महाअष्टमीमा वीरगञ्ज कपडा बैंकको मानवतामुखी अभियान, १ हजार ५०० जनालाई निःशुल्क कपडा र चनाभुजा वितरण

‘कोही पनि नाङ्गो नरहोस्’ भन्ने मूलमन्त्रसहित बडादशैँमा विपन्न तथा...

पत्रकारलाई ज्यान मार्ने धम्की दिने व्यवसायी अग्रवाललाई प्रेस सेन्टरको कडा चेतावनी

पर्सा पोस्ट, कार्तिक १ गते, वीरगञ्ज । समाचार सम्प्रेषण गरेको...