अजित कुमार भुजेल , बिरगंज । मंगलबार भएको प्रथम अल्पाईन कप -२०८० क्रिक्रेट प्रतियोगिताको चौथो दिनको दोस्रो खेलमा पिस जोन एकेडेमी बिजयी भएको छ ।
मंगलबार भएको दोस्रो खेल बाल एकता सेकेन्डरि र पिस जोन एकेडेमी बीच भएको थियो ।
बिरगंजको नारायणी रंगशालाको क्रिक्रेट मैदानमा मंगलबार भएको लिग क्रिक्रेट प्रतियोगिता -२०८० चौथो दिनको दोस्रो खेलमा पिस जोन एकेडेमीले ८ बिकेटले बाल एकता सेकेन्डरिलाई पराजित गर्दै बिजयी भएको थियो ।
बाल एकता सेकेन्डरिले टस जितेर ब्याटिङ्ग रोज्दै १६.५ ओभर खेलेर १० बिकेट गुमाउदै १०५ रन बनाएका थिए भने १०६ रनको लक्ष्य पूरा गर्न ब्याटिङ गर्दै पिस जोन एकेडेमीले १३.५ ओभरमा २ बिकेट गुमाई १०६ रन जोडेर बिजयी भए ।
पिस जोन एकेडेमीका खेलाडी सर्फराज अन्सारी म्यान अफ द म्याच घोषित भएका थिए । अन्सारीले ४ चौका हानेर ३३ रन जोडेका थिए भने ४ ओभरमा २२ रनदिदै ४ बिकेट लिई आफ्नो टिमलाई बिजयी बनाएका थिए ।