अल्पाईन कपको चौथो दिनको दोस्रो खेलमा पिस जोन एकेडेमी बिजयी , म्यान अफ द म्याच अन्सारी घोषित

Date:

अजित कुमार भुजेल , बिरगंज । मंगलबार भएको प्रथम अल्पाईन कप -२०८० क्रिक्रेट प्रतियोगिताको चौथो दिनको दोस्रो खेलमा पिस जोन एकेडेमी  बिजयी भएको छ ।

मंगलबार भएको दोस्रो खेल बाल एकता सेकेन्डरि र पिस जोन एकेडेमी बीच भएको थियो ।

बिरगंजको नारायणी रंगशालाको क्रिक्रेट मैदानमा मंगलबार भएको लिग क्रिक्रेट  प्रतियोगिता -२०८० चौथो दिनको दोस्रो  खेलमा पिस जोन एकेडेमीले ८ बिकेटले  बाल एकता सेकेन्डरिलाई पराजित गर्दै बिजयी भएको थियो ।

बाल एकता सेकेन्डरिले टस जितेर ब्याटिङ्ग रोज्दै १६.५ ओभर खेलेर १० बिकेट गुमाउदै १०५ रन बनाएका थिए भने १०६ रनको लक्ष्य पूरा गर्न ब्याटिङ गर्दै पिस जोन एकेडेमीले १३.५ ओभरमा २ बिकेट गुमाई १०६ रन जोडेर बिजयी भए ।

पिस जोन एकेडेमीका  खेलाडी सर्फराज अन्सारी म्यान अफ द म्याच घोषित भएका थिए । अन्सारीले ४ चौका हानेर ३३ रन जोडेका थिए भने ४ ओभरमा २२ रनदिदै ४ बिकेट लिई आफ्नो टिमलाई बिजयी बनाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

लायन्स क्लब इन्टरनेशनल जोन ३७ द्वारा वीरगञ्ज कपडा बैंकलाई कपडा सहयोग, निरन्तर सहकार्यको प्रतिबद्धता

पर्सा पोस्ट, श्रावण २४ गते, वीरगञ्ज। सामाजिक सेवामा सक्रिय लायन्स...

सबैया साझेदारी वन उपभोक्ता समूहको प्रथम साधारणसभा सम्पन्न, वन संरक्षणमा जनसहभागिता बढाउन मन्त्रीहरूको जोड

पर्सा पोस्ट, साउन २४ गते, वीरगञ्ज (पर्सा)। पर्सा जिल्लास्थित सबैया...

राउन्ड टेबल नेपाल र रोट्याक्ट क्लबको संयुक्त रक्तदान : ५८ युनिट रगत संकलन, ‘मानवता बलियो बनाउन नियमित रक्तदान गरौं’

पर्सा पोस्ट, श्रावण २३ गते, वीरगञ्ज। वीरगञ्जमा पछिल्लो समय देखिएको...

मनियारी मुसहर टोलमा वीरगञ्ज कपडा बैंकद्वारा ६ सय थान निःशुल्क कपडा वितरण

पर्सा पोस्ट, श्रावण २३ गते, वीरगञ्ज। मानवीय सेवामा निरन्तर सक्रिय...