खोजमुलक पत्रकारिता गर्न पर्सेली पत्रकारहरुलाई मेयर सिंहको आग्रह

Date:

अजित कुमार भुजेल , बिरगंज । यस बर्षको गोतामे पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार बद्रीविनोद “प्रतिक” लाई प्रदान गरिएको छ ।

पर्सेली पत्रकार गोपाल चन्द्र गौतम प्रतिष्ठान बिरगंजको आयोजना बुधबार बिरगंजको होटेल पुजनमा गोतामे पत्रकारिता स्वर्ण पदक बितरण समारोह कार्यक्रममा कदरपत्र सहित एक तोलाको सुनको पदक गण्डकी प्रदेशका वरिष्ठ पत्रकार बद्री बिनोद ” प्रतीक ” लाई कार्यक्रमका  प्रमुख अतिथि बिरगंज महानगर पालिकाका नगर प्रमुख राजेशमान सिंहले प्रदान गर्नु भएको थियो ।

प्रमुख अतिथि सिंहले पर्साका पत्रकारहरुलाई खोजमुलक पत्रकारिता गर्न र कसैको व्यक्तिगत समाचार कसैको निर्देशनमा सम्प्रेषण नगर्न समेत आग्रह गरेका थिए ।

लेख्नै हो भने व्यथिती , बिसङ्गती , भस्टचार , बिकास बिरोधिका बारेमा खोजी खोजी लेख्न भन्दै बिरगंजको गहवामाई मन्दिरको अहिलेसम्म बिधान छैन , केही व्यक्ति विशेषले आलोपालो गरि सन्चालन गर्दै आईरहेको छ त्यसैगरि सबैभन्दा बढी नाफामुलक महाबिर मन्दिर दर्ता छैन , हजारौं जग्गा , मठमन्दिर भुमाफियाहरुले कब्जा गरिरहेका छन् यसबारे किन लेख्दैनन यहाका पत्रकारहरु ?

मेयर सिंहले आफुले कानुनी राज मान्ने मान्छे , कानुन भन्दा बाहिर छु भने , मैले गल्ती गरे छु भने सजाय भोग्न तयार रहेको बताए ।

पत्रकारिताको पनि मर्यादा हुन्छ , यहाका ५ केही पत्रकारहरु छन् जो आफै अदालत , न्यायाधीश ,अख्तियार र आफै फैसला गर्ने गरेकोले त्यस्ता सडेका पत्रकारले अरु राम्रा पत्रकारहरुलाई पनि सडाउने हुदा त्यस्ताबाट बेलैमा बच्नलाई सुझाव दिनु भएको थियो ।

आफू मेयर भयो भन्दैमा जथाभावी काम गर्न नमिल्ने बताए । एउटा सिस्टममा , पाईपलाईनमा बसेर सबै कर्मचारी , नगरवासी र पत्रकारहरुलाई काम गर्न सुझाव दिदै निस्पक्ष रुपमा कलम चलाउन सिंहले  आग्रह गरेका थिए ।

गोपाल चन्द्र गौतम प्रतिष्ठान बिरगंजका अध्यक्ष जगदिश शर्माको अध्यक्षतामा भएको थियो भने कार्यक्रम सन्चालन वरिष्ठ साहित्यकार चन्द्रकिशोर झाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बाढीपीडितलाई तत्काल राहत र बजारमा कालोबजारी नियन्त्रण गर्न उपभोक्ता हित संरक्षण मञ्चको अपिल

पर्सा पोस्ट, भदौ २१ गते, वीरगञ्ज । उपभोक्ता हित संरक्षण...

क्यासिनोमा ‘पद–पहुँच’ चलेन : गाउँपालिका अध्यक्ष र इन्स्पेक्टरसहित ८ जना प्रहरी नियन्त्रणमा

पर्सा पोस्ट, भदौ २१ गते, वीरगञ्ज । वीरगञ्जमा नेपाली नागरिकलाई...

‘प्याब्सन स्मार्ट माइन्ड्स’को सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

पर्सा पोस्ट, भदौ २१ गते, वीरगन्ज । प्याब्सन वीरगन्जको आयोजनामा...

लायन्स क्लब गेटवेको हरियाली अभियान : मुस्लिम महिला हाईस्कुलमा ५५ वटा बिरुवा रोपियो

पर्सा पोस्ट, भदौ २१ गते, वीरगञ्ज । ‘वृक्षारोपण गरौँ–पर्यावरण जोगाऔँ’...