मैत्री पुल नाकाबाट ३२ किलोभन्दा बढी गाँजा बरामद , भारतीय चालक पक्राउ

Date:

पर्सा पोस्ट , जेष्ठ ०४ गते , वीरगञ्ज ।
नेपाल–भारत सीमावर्ती क्षेत्रमा लागूऔषधविरुद्ध सञ्चालन भइरहेको विशेष अभियानअन्तर्गत ठूलो परिमाणमा गाँजा बरामद गरिएको छ। भारतको रक्सौलस्थित सशस्त्र सीमा बल (एसएसबी) को ४७औँ वाहिनीले नेपालबाट भारततर्फ जाँदै गरेको एक कारबाट ३२ दशमलव ४५० किलोग्राम गाँजा बरामद गरेको जनाएको हो।

एसएसबीका अनुसार कमाण्डेन्ट सञ्जय पाण्डेयको निर्देशनमा आइतबार बिहान विशेष सूचनाका आधारमा सीमा स्तम्भ नम्बर ३०९/३३ नजिक रहेको मैत्री पुल चेकपोस्टमा सवारी जाँच अभियान सञ्चालन गरिएको थियो। सो क्रममा नेपालबाट भारततर्फ प्रवेश गर्दै गरेको बीआर ०६ पीडी ५४७० नम्बरको डसटन कारलाई शंकाको आधारमा रोकी गहन जाँच गरिएको थियो।

जाँचका क्रममा कारभित्र लुकाइछिपाइ राखिएको ठूलो परिमाणको गाँजा फेला परेको एसएसबीले जनाएको छ। बरामद गाँजाको कुल तौल ३२ दशमलव ४५० किलोग्राम रहेको बताइएको छ।

घटनामा कार चालक भारतको बिहार राज्य अन्तर्गत पूर्वी चम्पारण जिल्ला, कल्याणपुर थाना क्षेत्रको बदहरवा महानन्द गाउँ निवासी मन्टु कुमारलाई पक्राउ गरिएको छ। प्रारम्भिक सोधपुछपछि बरामद गाँजा, चालक तथा प्रयोग गरिएको सवारीसाधनलाई आवश्यक कानुनी कारबाहीका लागि रक्सौलस्थित हरैया प्रहरी चौकीलाई बुझाइएको जनाइएको छ।

एसएसबीले सीमावर्ती क्षेत्रमा लागूऔषध तस्करी, अवैध ओसारपसार तथा अन्य गैरकानुनी गतिविधि नियन्त्रणका लागि निरन्तर निगरानी र विशेष अभियान सञ्चालन गर्दै आएको जनाएको छ। यसअघि पनि सीमाक्षेत्रबाट विभिन्न प्रकारका लागूऔषधका ठूला खेप बरामद गरिएको उल्लेख गर्दै एसएसबीले आगामी दिनमा समेत यस्ता गतिविधिविरुद्ध कडा कारबाही जारी रहने स्पष्ट पारेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

दूरदर्शी विवेक र मानव मर्यादाले नै साँचो बुद्धिमत्ताको परिचय दिन्छ : बिमल सरार्फ ।

पर्सा पोस्ट , जेष्ठ १० गते , रक्सौल, पूर्वी...

क्रियाशिल युवा पत्रकार मञ्च नेपालको दोस्रो बैठक सम्पन्न , रक्तदान कार्यक्रम गर्ने निर्णय

पर्सा पोस्ट, जेठ ०९ गते, वीरगञ्ज । क्रियाशील युवा पत्रकार...