महिला सम्मान र सहभागिताबिना समाजको विकास सम्भव छैन : बिमल सरार्फ

Date:

पर्सा पोस्ट, बैशाख २५ गते, रक्सौल, पूर्वी चम्पारण ।
<span;>वर्तमान समाज अझै पनि पुरुषप्रधान सोचबाट प्रभावित रहेको भन्दै सामाजिक कार्यकर्ता बिमल सर्राफले महिला सम्मान, सहभागिता र सशक्तिकरणबिना समाजको समग्र विकास सम्भव नहुने बताएका छन्।

लायन्स क्लब अफ रक्सौलका अध्यक्षसँग मिडिया प्रभारी तथा भारत विकास परिषद्, रक्सौलका सेवा संयोजक एवं मिडिया प्रभारीसमेत रहेका सर्राफले प्रेससँग कुरा गर्दै महिलालाई पुरुषभन्दा कमजोर वा कम सक्षम ठान्ने मानसिकताले समाजलाई अगाडि बढ्न नदिने धारणा व्यक्त गरे।

उनले मानव जीवनको आधार नै महिला भएको उल्लेख गर्दै प्रत्येक व्यक्तिको जन्म, पालनपोषण र संस्कारमा महिलाको महत्वपूर्ण भूमिका रहने बताए। “यदि आमाको माया, संरक्षण र मार्गदर्शन नपाएको भए मानिसको जीवन अधुरो हुन्थ्यो,” उनले भने।

सर्राफका अनुसार समाजको आधा जनसंख्या महिलाहरू हुन्, तर अझै पनि उनीहरूलाई अवसर, सम्मान र निर्णय प्रक्रियामा समान सहभागिता दिन सकिएको छैन। महिलाहरूलाई शिक्षा, नेतृत्व र सामाजिक गतिविधिमा अघि बढाउने वातावरण बने मात्र समाजले वास्तविक प्रगति हासिल गर्न सक्ने उनको भनाइ थियो।

उनले महिलालाई केवल परिवारको जिम्मेवारी सम्हाल्ने पात्रका रूपमा मात्र नभई समाज निर्माणको प्रमुख आधारका रूपमा हेर्नुपर्ने आवश्यकता औंल्याए। महिलामा परिवार र समाजलाई एकताबद्ध राख्ने विशेष क्षमता रहेको उल्लेख गर्दै उनले महिलाको प्रतिभा र क्षमतालाई उजागर गर्ने वातावरण सिर्जना गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताए।

“समाजको विकास तब मात्र सम्भव हुन्छ, जब महिला र पुरुष दुवैले समान अवसर र सम्मानका साथ अगाडि बढ्ने वातावरण पाउँछन्,” सर्राफले भने।

उनले महिलाको सहभागिता सुनिश्चित गर्न राज्य, समाज र परिवार सबैले सकारात्मक सोचका साथ काम गर्नुपर्नेमा जोड दिँदै महिला सशक्तिकरणलाई व्यवहारमै लागू गर्नुपर्ने आवश्यकता रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

दूरदर्शी विवेक र मानव मर्यादाले नै साँचो बुद्धिमत्ताको परिचय दिन्छ : बिमल सरार्फ ।

पर्सा पोस्ट , जेष्ठ १० गते , रक्सौल, पूर्वी...

क्रियाशिल युवा पत्रकार मञ्च नेपालको दोस्रो बैठक सम्पन्न , रक्तदान कार्यक्रम गर्ने निर्णय

पर्सा पोस्ट, जेठ ०९ गते, वीरगञ्ज । क्रियाशील युवा पत्रकार...