क्यान्डी स्वीट हाउसको २१ औं वार्षिकोत्सव तथा पुनः उद्घाटन भब्य रूपमा सम्पन्न

Date:

पर्सा पोस्ट, बैशाख २२ गते, रक्सौल । रक्सौल शहरको मयूर गलीस्थित प्रतिष्ठित क्यान्डी स्वीट हाउसले आफ्नो २१औं वार्षिकोत्सवका अवसरमा आधुनिक स्वरूपसहित पुनः उद्घाटन गर्दै भव्य समारोह आयोजना गरेको छ। आकर्षक डिजाइन, नवीन सुविधा र स्तरीय सेवासहित पुनः सञ्चालनमा आएको उक्त प्रतिष्ठानले नगरवासीको विशेष ध्यान खिच्न सफल भएको छ।

कार्यक्रमको उद्घाटन सीमा जागरण मञ्चका राज्य संयोजक महेश अग्रवालले वैदिक मन्त्रोच्चारणका बीच रिबन काटेर गरेका थिए। उनले व्यवसायमा दीर्घकालीन सफलता हासिल गर्न ग्राहक सन्तुष्टि, गुणस्तरीय सेवा र विश्वसनीयता अत्यन्तै महत्वपूर्ण हुने बताए। साथै उनले क्यान्डी स्वीट हाउसको २१ वर्षे सफल यात्राको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रगतिको शुभकामना व्यक्त गरे।

प्रतिष्ठानका सञ्चालक हरीश खत्रीले अतिथिहरूलाई स्वागत गर्दै प्रतिस्पर्धात्मक बजारमा पनि गुणस्तर र स्वादमा कुनै सम्झौता नगरी सेवा दिँदै आएको उल्लेख गरे। उनले ग्राहकको अनुभवलाई अझ सहज र आकर्षक बनाउन प्रतिष्ठानलाई आधुनिक ढाँचामा रूपान्तरण गरिएको जानकारी दिए।
<span;>उनका अनुसार प्रतिष्ठानले भारतीय मानक ब्यूरो (BIS) बाट प्राप्त आईएसओ प्रमाणपत्रका कारण उपभोक्ताको विश्वास अझ मजबुत बनेको छ। ग्राहकको निरन्तर साथ र भरोसाकै कारण २१ वर्षसम्मको यात्रा सफल भएको उनले बताए।

वार्षिकोत्सव तथा पुनः उद्घाटनको अवसरमा अतिथि तथा ग्राहकहरूलाई मिठाई वितरण गरी खुसी साटासाट गरिएको थियो। कार्यक्रममा भारत विकास परिषदका प्रतिनिधि तथा नगरका विभिन्न प्रतिष्ठित व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

स्थानीय स्तरमा गुणस्तरीय मिठाई र सेवाका लागि परिचित क्यान्डी स्वीट हाउसले नयाँ स्वरूपसहित आफ्नो सेवा अझ विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

दूरदर्शी विवेक र मानव मर्यादाले नै साँचो बुद्धिमत्ताको परिचय दिन्छ : बिमल सरार्फ ।

पर्सा पोस्ट , जेष्ठ १० गते , रक्सौल, पूर्वी...

क्रियाशिल युवा पत्रकार मञ्च नेपालको दोस्रो बैठक सम्पन्न , रक्तदान कार्यक्रम गर्ने निर्णय

पर्सा पोस्ट, जेठ ०९ गते, वीरगञ्ज । क्रियाशील युवा पत्रकार...