बिरगंजमा ” चौथो नगर राष्ट्रपति रनिङ सिल्ड ” तेक्वान्दो छनौट प्रतियोगिता सम्पन्न , ५५ केजि तौल समुहमा स्वयममान रन्जितकार प्रथम

Date:

पर्सा पोस्ट , बैशाख २१ गते , बिरगंज ।
वीरगञ्ज महानगरपालिकाको आयोजनामा वीरगञ्जस्थित घडिअर्वा पोखरी कभर्डहलमा ‘चौथो नगर राष्ट्रपति रनिङ सिल्ड तेक्वान्दो छनोट प्रतियोगिता’ सफलतापूर्वक सम्पन्न भएको छ। “राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद, अनुशासनको लागि खेलकुद” भन्ने मूल नाराका साथ आयोजना गरिएको उक्त प्रतियोगिताले युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्दै सकारात्मक सन्देश प्रवाह गरेको छ।

कार्यक्रमका सभापति गणेशमान श्रेष्ठको अध्यक्षता तथा पर्सा जिल्ला तेक्वान्दो सङ्घका अध्यक्ष दीपक साह कानुको प्रमुख आतिथ्यमा सम्पन्न प्रतियोगितामा करिब ३०० जना खेलाडी तथा खेलप्रेमीहरूको उल्लेख्य सहभागिता रहेको थियो। प्रतियोगितामा खेलाडीहरूको तौल समूह र प्रदर्शनका आधारमा उत्कृष्ट खेलाडीहरूलाई विजेता घोषणा गरिएको थियो।

प्रतियोगिताअन्तर्गत विभिन्न तौल समूहमा प्रतिस्पर्धा सम्पन्न भएका थिए। पुरुष ४५ केजी तौल समूहमा गौतम कुमार प्रजापति प्रथम, जेनिस खड्का द्वितीय तथा मोहित लिम्बू र प्रणिल थापा तृतीय भएका छन्।

४८ केजी तर्फ आशिष कुमार सराफ प्रथम, विकी कुमार यादव द्वितीय तथा सुलभ थारु र सक्षम चौरसिया तृतीय स्थानमा रहे।

५१ केजी समूहमा शिवजी कुमार पटेल प्रथम, अब्राहम भुजु द्वितीय तथा जानिलाल जाफर र आयुस चौधरी तृतीय बने।

५५ केजी तर्फ स्वयममान रन्जितकार प्रथम र प्रिन्स कुमार द्वितीय भए भने अन्य प्रतिस्पर्धामा शिवम कुमार प्रथम र शेख रहमान हुसेन द्वितीय भएका छन्।

यसैगरी, पुम्से (काटा) तर्फ पनि खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए। एकल पुरुष पुम्सेमा हबिबुल्लाह मियाँ प्रथम, आगमन ठकुरी द्वितीय तथा साजन पटेल र आयुस ठकुरी तृतीय भएका छन्। एकल महिला पुम्सेमा रोशनी मोक्तान प्रथम हुन सफल भएकी छिन्।

प्रतियोगितालाई निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्न जुरीको भूमिकामा महमद सकिल र गणेशमान श्रेष्ठ रहेका थिए भने रेफ्रीतर्फ राजेन्द्र शाही, महमद मन्सुर हवारी, विक्रान्त डङ्गोल, सोएब अख्तर र दिपेश मानन्धर लगायतले महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेका थिए।

कार्यक्रमको समापन गर्दै सभापति गणेशमान श्रेष्ठले खेलकुदले युवाहरूलाई अनुशासित, स्वस्थ र आत्मनिर्भर बनाउने उल्लेख गर्दै यस्ता प्रतियोगिताले युवाहरूलाई विकृति र विसङ्गतिबाट टाढा राख्न महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले तेक्वान्दो जस्तो आत्मरक्षात्मक खेलले युवाहरूलाई आत्मसुरक्षामा समेत सक्षम बनाउने धारणा व्यक्त गरे।
साथै, यस छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै विजयी बनेका खेलाडीहरूले आगामी प्रदेश स्तरीय खेलकुद प्रतियोगितामा सहभागिता जनाउने जानकारी दिइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

दूरदर्शी विवेक र मानव मर्यादाले नै साँचो बुद्धिमत्ताको परिचय दिन्छ : बिमल सरार्फ ।

पर्सा पोस्ट , जेष्ठ १० गते , रक्सौल, पूर्वी...

क्रियाशिल युवा पत्रकार मञ्च नेपालको दोस्रो बैठक सम्पन्न , रक्तदान कार्यक्रम गर्ने निर्णय

पर्सा पोस्ट, जेठ ०९ गते, वीरगञ्ज । क्रियाशील युवा पत्रकार...