बिरगंज युवा समाजद्वारा भित्तेपात्रो लोकार्पण , सामाजिक सेवामा युवालाई सक्रिय हुन आह्वान

Date:

पर्सा पोस्ट, बैशाख १९ गते, वीरगञ्ज ।
आपत्–विपत्को समयमा वीरगञ्जसहित देशका विभिन्न क्षेत्रमा सक्रिय रूपमा सामाजिक सेवा गर्दै आएको वीरगञ्ज युवा समाजको प्रशंसा गरिएको छ। समाजमा रहेका युवाहरूलाई सही मार्गदर्शन दिँदै समाजसेवाको भावना विकास गर्न तथा देश र समाजको सेवामा अग्रसर हुन आग्रह गरिएको छ। साथै, केही युवाहरू लागूऔषधको कुलतमा फसेर जीवन जोखिममा पारिरहेको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उनीहरूको सुधारका लागि सबैले हातेमालो गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।

वीरगञ्ज युवा समाजद्वारा आयोजित भित्तेपात्रो लोकार्पण कार्यक्रममा प्रमुख अतिथि क्षेत्रीले समाजले विगतदेखि नै युवा, समाज र राष्ट्रमा विद्यमान कुरीति, विकृति तथा विसंगतिविरुद्ध आवाज उठाउँदै आएको उल्लेख गरे। उनले आपत्–विपत्को समयमा अग्रपंक्तिमा रहेर समुदायसँग सहकार्य गर्दै विभिन्न कार्यक्रममार्फत सेवा पुर्‍याउँदै आएको समाज १५ वर्षको यात्रामा आइपुगेको बताउँदै आगामी दिनमा अझ प्रभावकारी रूपमा सेवा विस्तार हुने विश्वास व्यक्त गरे।

कार्यक्रम समाजका अध्यक्ष संजीव थापाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा वीरगञ्ज महानगरपालिका–५ का वडा अध्यक्ष प्रदीप चौरसिया, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक विक्रम सुवेदी, जिल्ला ट्राफिक कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक युवराज कटुवाल, समाजका सल्लाहकार डा. श्याम सुन्दर दास र डा. मनोज उपाध्याय, वीरगञ्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, होटल मकालुका निर्देशक तथा भेट्रान्स क्लब वीरगञ्जका वरिष्ठ उपाध्यक्ष रोशन श्रेष्ठ लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी, अग्रज, महिला तथा युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सो अवसरमा अध्यक्ष थापाले असल युवा उमेरले नभई समाजसेवाको भावना र नियतले निर्धारण हुने बताए। उनले डिजिटल युगमा पनि भित्तेपात्रोको महत्व कायम रहेको उल्लेख गर्दै यसले दैनिक जीवनलाई अनुशासित बनाउन तथा भविष्यका योजना तय गर्न सहयोग पुर्‍याउने धारणा राखे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

दूरदर्शी विवेक र मानव मर्यादाले नै साँचो बुद्धिमत्ताको परिचय दिन्छ : बिमल सरार्फ ।

पर्सा पोस्ट , जेष्ठ १० गते , रक्सौल, पूर्वी...

क्रियाशिल युवा पत्रकार मञ्च नेपालको दोस्रो बैठक सम्पन्न , रक्तदान कार्यक्रम गर्ने निर्णय

पर्सा पोस्ट, जेठ ०९ गते, वीरगञ्ज । क्रियाशील युवा पत्रकार...