बिरगंजमा मानव अधिकार रक्षकहरुको अवस्थामाथि गहन छलफल , ” सेफ हाउस ” अभाव मुख्य चुनौती

Date:

पर्सा पोस्ट, बैशाख ०२ गते, वीरगञ्ज ।
मानव अधिकार रक्षकहरूको वर्तमान अवस्था, उनीहरूले भोगिरहेका चुनौती तथा सरोकारवालाहरूको भूमिकाबारे केन्द्रित एक महत्वपूर्ण छलफल कार्यक्रम वीरगञ्जमा सम्पन्न भएको छ। उक्त कार्यक्रम को क्याप (CoCAP) को आयोजनामा सम्पन्न भएको हो।

कार्यक्रममा “साथ–साथ सिकाइ सञ्जाल” का संयोजक तथा दलित महिला संघ पर्साकी कार्यकारी निर्देशक निला रामले प्रस्तुतिकरण दिँदै मानव अधिकार रक्षकहरूले भोगिरहेका विविध समस्यामाथि प्रकाश पार्नुभयो। विशेषगरी महिला तथा किशोरीमाथि हुने हिंसा, सामाजिक विभेद, असुरक्षा तथा न्यायमा पहुँचको जटिलताबारे उहाँले तथ्यसहित चर्चा गर्नुभयो।

छलफलका क्रममा सहभागीहरूले मानव अधिकार रक्षकहरू स्वयं पनि असुरक्षित अवस्थामा काम गर्न बाध्य रहेको औंल्याएका थिए। उनीहरूले संरक्षण संयन्त्र कमजोर हुँदा पीडितसम्म प्रभावकारी सेवा पुर्‍याउन कठिनाइ भइरहेको धारणा राखे।

कार्यक्रममा को क्यापकी अन्जु कंडेल, संरक्षण अधिकृत पवित्रा कार्की, नारायणी अस्पताल वीरगञ्जकी प्रसूति गृह प्रमुख हेमा थापा, वीरगञ्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, पोखरिया नगरपालिकाकी पूर्व उपमेयर सलमा खातुन, जिल्ला प्रहरी कार्यालय पर्साको महिला सेलका प्रतिनिधि, सञ्चारकर्मी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

छलफलमा सहभागी महिलाहरूले हिंसापीडित महिला तथा किशोरीहरूको सुरक्षाका लागि सुरक्षित आवास (सेफ हाउस/सेफ होम) को अभावलाई प्रमुख चुनौतीका रूपमा औंल्याए। उनीहरूले तत्काल सुरक्षित आवासको व्यवस्था गर्न सके पीडितहरूको संरक्षण, मनोसामाजिक सहयोग तथा पुनर्स्थापनामा उल्लेखनीय सुधार आउने विश्वास व्यक्त गरे।

यसैगरी, सरोकारवालाबीच प्रभावकारी समन्वय, समुदायस्तरमा सचेतना अभिवृद्धि तथा विद्यमान कानुनको कडाइका साथ कार्यान्वयन गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो। सहभागीहरूले स्थानीय तह, सुरक्षा निकाय र नागरिक समाजबीच सहकार्य बढाउन सके मानव अधिकारको संरक्षण थप सुदृढ हुने धारणा राखे।

कार्यक्रमले मानव अधिकार रक्षकहरूको सुरक्षा, सशक्तीकरण तथा संस्थागत सहयोग अभिवृद्धिका लागि ठोस पहल आवश्यक रहेको निष्कर्ष निकाल्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

दूरदर्शी विवेक र मानव मर्यादाले नै साँचो बुद्धिमत्ताको परिचय दिन्छ : बिमल सरार्फ ।

पर्सा पोस्ट , जेष्ठ १० गते , रक्सौल, पूर्वी...

क्रियाशिल युवा पत्रकार मञ्च नेपालको दोस्रो बैठक सम्पन्न , रक्तदान कार्यक्रम गर्ने निर्णय

पर्सा पोस्ट, जेठ ०९ गते, वीरगञ्ज । क्रियाशील युवा पत्रकार...