मानवअधिकार अभिमुखीकरण सम्पन्न , सान्सद सुशील साह कानु सम्मानित

Date:

पर्सा पोस्ट, बैशाख ०२ गते, वीरगञ्ज।
बिरगंजको घडिअर्वा परिषदमा एमनेष्टी इन्टरनेशनल ग्रुप १६ को आयोजनामा एक दिने मानवअधिकार सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा पर्सा क्षेत्र नं–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य माननीय सुशील शाह कानुलाई बधाई तथा सम्मानसमेत गरिएको थियो।

कार्यक्रममा वक्ताहरूले जनप्रतिनिधिको हैसियतले मानवअधिकार संरक्षण र प्रवर्द्धनका लागि संसदमा प्रभावकारी आवाज उठाउनुपर्नेमा जोड दिएका थिए। साथै, मानवअधिकारको क्षेत्रमा सकारात्मक नीति निर्माण तथा कार्यान्वयनमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गरिएको थियो।

ग्रुप १६ का अध्यक्ष रजनिस झाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि माननीय सुशील शाह कानुले मानवअधिकारको संरक्षण लोकतन्त्रको मूल आधार भएको उल्लेख गर्दै यस क्षेत्रमा आफू सदैव प्रतिबद्ध रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले नागरिकको अधिकार सुनिश्चित गर्न आवश्यक कानुनी र नीतिगत पहलका लागि संसदभित्र र बाहिरबाट समेत पहल गर्ने बताउनुभयो।

कार्यक्रममा एमनेष्टी इन्टरनेशनलका वरिष्ठ सल्लाहकार राजेश जैन बोथरा, बोर्ड सदस्य विशाल झा, सतिश अग्रवाल, सचिव सुनिल महतो, समीक्षा घिमिरे तथा सञ्चारकर्मी जगत राई लगायतको उपस्थिति रहेको थियो।

अभिमुखीकरण कार्यक्रममा मानवअधिकारका आधारभूत सिद्धान्त, वर्तमान चुनौती र स्थानीय तहमा यसको कार्यान्वयनका विषयमा प्रशिक्षण दिइएको थियो। प्रशिक्षण ग्रुप १६ का अध्यक्ष रजनिस झाले दिनुभएको थियो भने कार्यक्रमको सहजीकरण शम्भु घिमिरेले गर्नुभएको थियो।

कार्यक्रमले मानवअधिकारप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै जनप्रतिनिधि र नागरिकबीच सहकार्यको वातावरण सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास आयोजकले व्यक्त गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

असफलताले सिकाउँछ , सफलताले अहंकार बढाउँछ : बिमल सरार्फ

पर्सा पोस्ट , जेष्ठ ११ गते , रक्सौल, पूर्वी...

बिरगंजमा दुर्लभ ” कल्प वृक्ष ” रोपण , सकारात्मक उर्जा र वातावरण संरक्षणको सन्देश

पर्सा पोस्ट , जेष्ठ ११ गते , वीरगञ्ज । वीरगञ्जस्थित...

क्रियाशिल युवा पत्रकार मञ्च नेपालको दोस्रो बैठक सम्पन्न , रक्तदान कार्यक्रम गर्ने निर्णय

पर्सा पोस्ट, जेठ ०९ गते, वीरगञ्ज । क्रियाशील युवा पत्रकार...