असफलताले सिकाउँछ , सफलताले अहंकार बढाउँछ : बिमल सरार्फ

Date:

पर्सा पोस्ट , जेष्ठ ११ गते , रक्सौल, पूर्वी चम्पारण ।
सामाजिक कार्यकर्ता बिमल सर्राफले जीवनमा सफलता र असफलता दुवैको आफ्नै महत्व रहेको बताएका छन्। लायन्स क्लब अफ रक्सौलका अध्यक्ष तथा मिडिया प्रभारी, भारत विकास परिषद् रक्सौलका सेवा संयोजक एवं मिडिया प्रभारीसमेत रहेका सर्राफले प्रेससँग कुरा गर्दै मानिसले बाहिरी रूपमा देखिने कुराको मात्र मूल्यांकन नगरी त्यसको गहिरो पक्ष बुझ्नुपर्ने धारणा व्यक्त गरे।

उनले संसारका हरेक वस्तु, घटना र परिस्थितिमा राम्रो तथा नराम्रो दुवै पक्ष हुने उल्लेख गर्दै मानिस सामान्यतया आफूलाई खुशी दिने कुरालाई मात्र राम्रो ठान्ने र इच्छामा बाधा पुर्‍याउने कुरालाई नराम्रो मान्ने प्रवृत्तिमा रहने बताए। तर वास्तविकता भने यसको विपरीत पनि हुन सक्ने उनको भनाइ थियो।

सर्राफले सफलता मात्र जीवनको अन्तिम उपलब्धि नभएको उल्लेख गर्दै असफलताले मानिसलाई आत्मसमीक्षा गर्न, गल्ती सुधार्न र अझ मजबुत बन्न प्रेरित गर्ने बताए। उनका अनुसार असफलताबाट सिकेर अघि बढ्ने व्यक्ति नै भविष्यमा पूर्ण सफलताको मार्गमा अघि बढ्न सक्छ।

“औसत मानिसले आफ्नो असफलताको दोष अरूलाई दिन्छ, तर बुद्धिमान व्यक्तिले आफ्ना कमजोरी स्वीकार गरेर सुधारको बाटो खोज्छ,” उनले भने।
उनले सफलता प्राप्त गरेपछि मानिसमा अहंकार बढ्ने खतरा रहनेतर्फ पनि ध्यानाकर्षण गराए। सफलता आनन्ददायी भए पनि त्यसले लापरवाही र घमण्ड निम्त्याउन सक्ने उल्लेख गर्दै उनले अहंकारलाई मानिसको सबैभन्दा ठूलो कमजोरीको रूपमा व्याख्या गरे।

सर्राफका अनुसार आत्मविश्वास र अहंकार फरक कुरा हुन्। आत्मविश्वासले व्यक्तिलाई सही मार्गमा अघि बढाउँछ भने अहंकारले वास्तविकताबाट टाढा पुर्‍याउँछ। उनले मानिसले आफूलाई सबै कार्यको कर्ता सम्झनु नै अहंकारको मूल कारण भएको बताए।

ईश्वरप्रतिको आस्था, विनम्रता र आत्मचिन्तनले मात्र जीवनलाई सही दिशामा लैजान सक्ने उल्लेख गर्दै सर्राफले मानिसले जीवनको वास्तविक कला बुझ्न नम्रता र विवेक अपनाउनुपर्ने आवश्यकता औंल्याए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा दुर्लभ ” कल्प वृक्ष ” रोपण , सकारात्मक उर्जा र वातावरण संरक्षणको सन्देश

पर्सा पोस्ट , जेष्ठ ११ गते , वीरगञ्ज । वीरगञ्जस्थित...

क्रियाशिल युवा पत्रकार मञ्च नेपालको दोस्रो बैठक सम्पन्न , रक्तदान कार्यक्रम गर्ने निर्णय

पर्सा पोस्ट, जेठ ०९ गते, वीरगञ्ज । क्रियाशील युवा पत्रकार...