बिरगंजमा दुर्लभ ” कल्प वृक्ष ” रोपण , सकारात्मक उर्जा र वातावरण संरक्षणको सन्देश

Date:

पर्सा पोस्ट , जेष्ठ ११ गते , वीरगञ्ज ।
वीरगञ्जस्थित ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर परिसरमा धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक महत्व बोकेको दुर्लभ “कल्प वृक्ष” रोपण गरिएको छ। ग्रीनसिटी सामुदायिक प्रहरी आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सामुदायिक प्रहरीका पदाधिकारीहरु तथा हरि खेतान कलेजका विद्यार्थीहरुको संयुक्त सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागीहरुले कल्प वृक्षलाई धार्मिक तथा आध्यात्मिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण र दुर्लभ वृक्षको रुपमा व्याख्या गरेका थिए। नेपालमा सामान्यतया नपाइने उक्त वृक्ष विशेष माध्यमबाट भारतबाट ल्याएर वीरगञ्जमा रोपिएको जानकारी दिइएको छ।

मान्यता अनुसार कल्प वृक्ष रोपिएको स्थान वरपर सकारात्मक ऊर्जा फैलिने तथा मानिसले मनमा चिताएको इच्छा पूरा हुने विश्वास रहिआएको छ। सोही विश्वासलाई आत्मसात गर्दै समाजमा सकारात्मक सोचको विकास, वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले वृक्षारोपण गरिएको आयोजकले बताएका छन्।

कार्यक्रममा सामुदायिक प्रहरीका पदाधिकारीहरुले वातावरण संरक्षणका लागि वृक्षारोपण अपरिहार्य रहेको उल्लेख गर्दै युवापुस्तालाई हरियाली संरक्षण अभियानमा सक्रिय सहभागी हुन आग्रह गरेका थिए।

त्यसैगरी हरि खेतान कलेजका विद्यार्थीहरुले वृक्षारोपणले वातावरणीय सन्तुलन कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरेका थिए। कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

असफलताले सिकाउँछ , सफलताले अहंकार बढाउँछ : बिमल सरार्फ

पर्सा पोस्ट , जेष्ठ ११ गते , रक्सौल, पूर्वी...

क्रियाशिल युवा पत्रकार मञ्च नेपालको दोस्रो बैठक सम्पन्न , रक्तदान कार्यक्रम गर्ने निर्णय

पर्सा पोस्ट, जेठ ०९ गते, वीरगञ्ज । क्रियाशील युवा पत्रकार...