अजित कुमार भुजेल , बिरगंज ।”समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया-२ पर्साको आयोजनामा धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
मंगलवारको दिन दिउसो १२:१५ बजेतिर पर्सा जिल्ला बिरगंज महानगरपालिका वडा नं.२ छ्पकैया स्थित सामुदायिक प्रहरी सेवा केन्द्र अगाडि धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवनबाट हुने असर र त्यसबाट कसरी बच्ने भन्ने सम्बन्धमा जनचेतनामुलक पर्चा पम्पलेट बितरण गरी कार्यक्रम सम्पन्न गरिएको थियो।
उक्त कार्यक्रममा सामुदायिक सेवा केन्द्रका अध्यक्ष हाजि ग्यासुदिन ठकुराईको अध्यक्षतामा तथा वडा समिति कार्यालयका बडा नं.२ का वडा सदस्य बसिर मियाँ हजामको प्रमुख आतित्थ्यमा भएको सो कार्यक्रममा माइती नेपाल बिरगंजका बिरेन्द्र गौतम , स्थानियहरु अमिन मियाँ हजाम , अलसाउद मियाँ ठकुराई , छ्पकैया सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरीका प्रहरी सहायक निरीक्षक ज्ञान बहादुर श्रेष्ठ, प्रहरी हवल्दार देवेन्द्र कुमार पटेल , प्रहरी जवान दिपेन्द्र कुमार यादव र प्र.ज भिम बहादुर कपडयाल लगायत स्थानियहरुको उपस्थिति रहेको थियो।