छ्पकैया सामुदायिक सेवा केन्द्रद्वारा धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन सम्बन्धि जनचेतनामूलक पर्चा पम्पलेट बितरण

Date:

अजित कुमार भुजेल , बिरगंज ।”समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया-२ पर्साको आयोजनामा धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

मंगलवारको दिन दिउसो १२:१५ बजेतिर पर्सा जिल्ला बिरगंज महानगरपालिका वडा नं.२ छ्पकैया स्थित सामुदायिक प्रहरी सेवा केन्द्र अगाडि धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवनबाट हुने असर र त्यसबाट कसरी बच्ने  भन्ने सम्बन्धमा  जनचेतनामुलक पर्चा पम्पलेट बितरण गरी कार्यक्रम सम्पन्न गरिएको थियो।

उक्त कार्यक्रममा सामुदायिक सेवा केन्द्रका अध्यक्ष हाजि ग्यासुदिन ठकुराईको अध्यक्षतामा तथा वडा समिति कार्यालयका बडा नं.२ का वडा सदस्य बसिर मियाँ हजामको प्रमुख आतित्थ्यमा भएको सो कार्यक्रममा माइती नेपाल बिरगंजका बिरेन्द्र गौतम , स्थानियहरु अमिन मियाँ हजाम , अलसाउद मियाँ ठकुराई , छ्पकैया सामुदायिक सेवा केन्द्र तथा  सामुदायिक प्रहरीका प्रहरी सहायक निरीक्षक ज्ञान बहादुर श्रेष्ठ, प्रहरी हवल्दार देवेन्द्र कुमार पटेल , प्रहरी जवान दिपेन्द्र कुमार यादव र प्र.ज भिम बहादुर कपडयाल लगायत स्थानियहरुको  उपस्थिति रहेको थियो।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...