पर्सा प्रहरीले बिल बिजक भन्दा बढी सामान लोड ३ ट्रक नियन्त्रणमा

Date:

अजित कुमार भुजेल , बिरगंज । बिल बिजक भन्दा बढी औषधी तथा खुद्रा समानहरू लोड रहेको ट्रक पर्सा प्रहरीले  नियन्त्रणमा लिएको छ ।

मंगलवार २३:४० बजे राती बिल विजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट कैलाली, सुनसरी तथा काठमाण्डौतर्फ जाँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो।

विशेष सूचनाको आधारमा पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका वडा नं.१५,८ र १४ गण्डक, घण्टाघर र प्रतिमा चोकस्थित सडकखण्डमा ना.४ ख ८३१८, ना.३ ख ४१४१ र NL01 G 1886 नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा अ.मु.रू.१,८९,९७,२८७।- (एक करोड उनान्वे लाख सन्तान्वे हजार दुई सय सतासी) बराबरको ट्रक भित्र लोड रहेको औषधी तथा खुद्रा सामानहरू नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि आजै  राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...