छ्पकैया सामुदायिकद्वारा बालबालिका विरुद्ध हिंसा शोषण दुर्ववहार सम्बन्धि जनचेतनामूलक पर्चा पम्पलेट बितरण

Date:

अजित कुमार भुजेल , बिरगंज। “समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया-२ पर्साले बालबालिका विरुद्ध हिंसा शोषण दुर्ववहार सम्बन्धि जनचेतनामूलक पर्चा पम्पलेट बितरण कार्यक्रम सम्पन्न गरेको छ ।

वीरगंज महानगरपालिका वडा नं. २ स्थित छ्पकैया सामुदायिक प्रहरी सेवा केन्द्र अगाडि बालबालिका बिरुद्ध हिंसा शोषण दुर्व्यवहार सम्बन्धि अन्दाजी ७५ थान जनचेतनामुलक सम्बन्धि पर्चा पम्पलेट बितरण गरेको थियो ।

उक्त कार्यक्रम सामुदायिक सेवा केन्द्र छपकैयाका बरिष्ठ उपाध्यक्ष अब्दुल हकको बिषेश उपस्थितिमा सामुदायिक प्रहरीका प्रहरी सहायक निरीक्षक ज्ञान बहादुर श्रेष्ठ , प्रहरी हवल्दार दुर्गा कुमार आले , प्रहरी हवल्दार देवेन्द्र कुमार पटेल , प्र.ज.अविनेश राय लगायत स्थानियहरुको समेत उपस्थिति रहेको प्रहरी जवान दिपेन्द्र कुमार यादवले जानकारी गराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जेनजी शहीदको सम्झनामा वीरगञ्जमा दीप प्रज्वलन, ‘युवाको विश्वास नटुटोस्’ : प्रकाश उपाध्याय

पर्सा पोस्ट, भदौ २४ गते, वीरगञ्ज । श्री भगवती युवा...

जेन–जी सहिद दिवसमा वीरगञ्जमा दीप प्रज्वलन, दोषीमाथि कारबाहीको माग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । जेन–जी आन्दोलनका क्रममा...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : रोयल एकेडेमीलाई उपाधि, प्याब्सन पर्साद्वारा बाढीपीडितका लागि १५ लाख सहयोग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । प्याब्सन वीरगञ्जको आयोजनामा...