अजित कुमार भुजेल , बिरगंज । सामुदायिक प्रहरी साझेदारी ” कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्सा र ग्रिनसिटि सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको सन्युक्त आयोजनामा न्यानो कम्बल बितरण गरेको छ ।
केही दिन देखि जाडो बढदै गएसङै वीरगंज महानगरपालिका वडा नं.१६ स्थित नगवा धर्मशालामा ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केंद्र आदर्शनगरको कोषाध्यक्ष ज्योति रुङ्गटाकाे बुबा समाजसेवी पवन रुङ्गटा को आर्थिक सहयोगमा विपन्न टोल समुदायका मानिसहरू (डोम, चमार, दुसाद, मली) बासीहरूलाई महिला पुरुष गरि २०० थान कम्बल बितरण गरिएको थियो ।
कम्बल बितरण कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यलय पर्साका प्रहरी नायव उपरिक्षक ध्रुव कुमार श्रेष्ठ तथा ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केंद्र आदर्शनगर- १० वीरगंज पर्साका अध्यक्ष जयप्रकाश खेतानकाे अध्यक्षतमा भएको थियो ।
सो कार्यक्रममा बिशिस्ट अतिथिमा नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का , वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक पुष्कर बोगटी , ईलाका प्रहरी कार्यालय नगवाका प्रहरी नायव निरीक्षक सत्य प्रकाश त्रिपाठी , प्रहरी चौकी गणेश टोलका प्रहरी सहायक निरीक्षक रामबाबु प्रसाद यादव , वडा न.१६ का वडा अध्यक्ष पर्शुराम कुमार चौरसिया , समुदायिक प्रहरी सेवा केन्द्र मुर्ली श्रीपुरका अध्यक्ष राम शरार्फ , समाजसेवी विकाश कुमार गुप्ता , सन्चारकर्मी संतोषमान रंजितकार , ग्रीनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका उपाध्यक्ष सन्जय शर्मा , सदस्य चन्द्र अग्रवाल , सल्लाहकार त्रिलोक चन्द दारुका , राम घदवा युवा क्लबका शिवराज पटेल , समाजसेवी तारादेवी चौलागाईं , नागरिक समाजका बसंत प्रसाद उपाध्याय लगायत स्थानीयहरुको समेत बाक्लो उपस्थिति रहेको थियो ।