बिरगंज माईस्थान स्थित आर. के. एन्ड सन्स सुनचादी पसलमा राजस्व कार्यालयद्वारा छापामारी अनुसन्धान

Date:

अजित कुमार भुजेल ,बिरगंज बिरगंजको सुनचादी पसलमा राजस्व अनुसन्धान पथलैयाले छापा मारेको छ।

बिरगंज महानगर पालिका वडा न. ६ स्थित माईस्थान २ नम्बर रोडमा रहेको आर.के. एण्ड सन्स सुनचाँदी पसलमा राजस्व अनुसन्धान कार्यालय पथलैया बाराको टोलीले आज दिउसो २:३० बजेतिर छापा मारेको थियो ।

सो सुनचाँदी पसलमा छापा मारेको राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख प्रेम प्रसाद देवकोटाले जानकारी दिनुभयो।

आर.के.एण्ड सन्स सुनचाँदी पसलको बारेमा धेरै सूचनाहरु आएपछि अनुसन्धानका लागि आज आएको टोलीले पसलमा रहेको कागजपत्र लिएर फर्किएको राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख देवकोटाले बताए ।

थप जानकारी भने अनुसन्धानपछि मात्रै आउने उनले बताए । बा २ झ १४३५ नम्बरको स्कारपियोमा आएको राजस्व अनुसन्धान कार्यालय पथलैयाको टोलीले एकबोरा कागजपत्र लिएर गएको प्रत्यक्षदर्शीले बताएका छन् ।

सुन तस्करीका घटनामा बारा, पर्साका सुनचाँदी व्यावसायीहरुको पनि संलग्नता रहेको सञ्चार माध्यमहरुमा आउने गरेकोले केही सूचना पाएर नै राजस्व अनुसन्धानको टोलीले छापामारेको हुनसक्ने अनुमान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

लायन्स क्लब इन्टरनेशनल जोन ३७ द्वारा वीरगञ्ज कपडा बैंकलाई कपडा सहयोग, निरन्तर सहकार्यको प्रतिबद्धता

पर्सा पोस्ट, श्रावण २४ गते, वीरगञ्ज। सामाजिक सेवामा सक्रिय लायन्स...

सबैया साझेदारी वन उपभोक्ता समूहको प्रथम साधारणसभा सम्पन्न, वन संरक्षणमा जनसहभागिता बढाउन मन्त्रीहरूको जोड

पर्सा पोस्ट, साउन २४ गते, वीरगञ्ज (पर्सा)। पर्सा जिल्लास्थित सबैया...

राउन्ड टेबल नेपाल र रोट्याक्ट क्लबको संयुक्त रक्तदान : ५८ युनिट रगत संकलन, ‘मानवता बलियो बनाउन नियमित रक्तदान गरौं’

पर्सा पोस्ट, श्रावण २३ गते, वीरगञ्ज। वीरगञ्जमा पछिल्लो समय देखिएको...

मनियारी मुसहर टोलमा वीरगञ्ज कपडा बैंकद्वारा ६ सय थान निःशुल्क कपडा वितरण

पर्सा पोस्ट, श्रावण २३ गते, वीरगञ्ज। मानवीय सेवामा निरन्तर सक्रिय...