अजित कुमार भुजेल , बिरगंज ।बिरगंजमा होटल आदर्श ईन प्रा.ली. फेमली रेस्टुरेन्ट एन्ड बारको आज एक कार्यक्रम बीच उद्घाटन भएको छ । बिरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवालले रिबन काटेर सो होटेलको उद्घाटन गर्नु भएको थियो ।
बिरगंज वडा न.६ स्थित माईस्थान पछाडि ३ नम्बर रोड गहवामा रहेको सो होटेलका सन्चालक बिजय सरार्फको अध्यक्षतामा भएको सो उद्घाटन कार्यक्रममा बिशिस्ट अतिथि बिरगंज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपाल , श्याम पोखरेल , जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सरार्फ , सुनचादी व्यवसायी संघ पर्साका अध्यक्ष भुलन साह सोनार , होटेल पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्त , उपभोक्ता हित संरक्षण मञ्च बिरगंज महानगर कमिटीका अध्यक्ष अजित कुमार भुजेल , वडा न.३ का वडा अध्यक्ष बैजु स्वर्णकार , वडा न.६ का वडा अध्यक्ष जयप्रकाश साह , पर्साका प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापा , पर्यटन प्रहरी , सन्चारकर्मी , विभिन्न संघसस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो । सो होटेलमा २८ कोठा सहितको एसि , डिलक्स रुम साथै सो होटेलमा शान्त वातावरणमा पारिवारिक आनन्दका साथ कम मुल्यमा ग्राहकको माग अनुसारको स्वादिष्ट खाना पाउने र आउने दिनमा ग्राहकको मन जित्न समेत सफल हुने दाबी सन्चालक बिजय सरार्फले जानकारी दिनु भयो ।
कार्यक्रम सन्चालन सन्चारकर्मी निरज पिठाकोटे मगरले गर्नु भएको थियो ।