Date:

अबकाे पत्रकारिता निकै चुनाैतीपूर्ण बन्दै गएकाे सञ्चार सम्बद्घ वक्ताहरूले बताएका छन् । जनपत्रकार संगठन मधेस प्रदेशले आज वीरगन्जमा आयाेजना गरेकाे ´विद्यमान परिस्थिति, नेपालकाे सञ्चार माध्यम र अबकाे निकास` विषयक अन्तर्कृया कार्यक्रममा वक्ताहरूले यस्ताे बताएका हुन् ।

नेपालमा पछिल्लाे समयमा देखा परेका भ्रष्टाचार, अनियमितताका ठूला ठूला घटनाले सञ्चार माध्यमहरू पनि तटष्थ नदेखिएको र दलालपुँजीवाद र बिचाैलियाहरूकाे चंगुलमा पर्ने खतरा रहेकाे बताएका छन् । उनीहरूले राज्यले सुशासन कायम गर्न नसक्दा ठूला भ्रष्टाचारका काण्डहरू बाहिरिएको र ती काण्डहरू ढाकछाेप गर्न सञ्चार माध्यमकाे प्रयाेग भइरहेकाेमा चिन्ता व्यक्त गर्दै स्थानीय तहहरूमा देखिएकाे वेथितिले झन् पत्रकारितामा चुनाैती थपिएकाे बताए । जनपत्रकार संगठनका केन्द्रीय सदस्य एवं कार्यक्रमका संयाेजक सुदर्शनराज पाण्डेकाे अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेकपाका पूर्व नारायणी इञ्चार्ज रक्तिम सी, पर्सा इञ्चार्ज विनाेद काफ्ले, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केसी लामिछाने, पर्साका अध्यक्ष अनुप तिवारी , राजनीतिक विश्लेषक देवेन्द्रलाल नेपाली, प्रेस सेण्टर नेपालका केन्द्रीय सदस्य तथा पर्सा  इञ्चार्ज निरज पिठाकाेटे मगर, शिक्षक राजेन्द्र सिंह लगायतले आआफ्नो धारणा राखेका थिए ।

जनपत्रकार संगठनका अध्यक्ष शेर बहादुर विश्वकर्माले कार्यक्रमकाे बारेमा प्रकाश पार्नुभएकाे थियो । कार्यक्रममा स्वागत मन्तव्य रामजी यादवले र कार्यक्रम  सञ्चालन जनपत्रकार संगठनका सचिवालय सदस्य शाेभराज बरालले गर्नुभएको थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...