अयोध्याधामका मुख्य आचार्यलाई बिरगंज महानगरका मेयरले गराए धार्मिक स्थलहरुको अवलोकन

Date:

अजित कुमार भुजेल , बिरगंज। भारतको अयोध्यास्थित राम मन्दिरका मुख्य आचार्य दुर्गा प्रसाद गौतमले बिरगंजका धार्मिक स्थलमा दर्शन गर्नु भएको छ ।

बिरगंज आइपुगेका मुख्य आचार्य गौतमलाई बिरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले विभिन्न धार्मिक स्थलको दर्शन गराउनु भएको छ ।

बिरगंजको घडिअर्वास्थित रामजानकी मन्दिरसँगै, गीता मन्दिरमा दर्शन गर्दै मुख्य आचार्य गौतमले बिरगंज महानगरका प्रमुख सिंहको कार्यको सह्राना गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘बिरगंजसमा भइरहेको धार्मिक स्थलको संरक्षण तथा सौन्दर्यकरणको काम अत्यन्तै प्रसंशनीय छ । मेयर सिंहको चर्चा अयोध्यासम्म पनि पुगेको छ । त्याहाँ पुग्ने दर्शनार्थीहरुले पनि यहाँका मेयर साबको खुबै प्रसंशा गर्नुहुन्छ ।’

धार्मिक स्थलको अतिक्रमण मुक्त गर्नु र संरक्षण तथा प्रबद्र्धन गर्नमा बिरगंज  महानगरले थालेको कदम अनुसरणीय रहेको बताउँदै उहाँले बिरगंजमा धार्मिक पर्यटनको बलियो सम्भावना रहेको बताउनुभयो । साथै उहाँले बिरगंज  महानगरसँगै अयोध्याको स्थानीय तथा प्रदेश सरकारबीच आपसी समन्वय गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

अयोध्या आउने दर्शनार्थीलाई बिरगंज  पुग्ने र यहाँका धार्मिक स्थलको  दर्शन गर्ने वातावरण निर्माण गर्नुका साथै यहाँका व्यक्तिलाई अयोध्या पुग्ने माहोल बनाउनुपर्ने गौतमको भनाई छ ।

बिरगंज महानगरपालिकाका प्रमुख सिंहले अझै धेरै काम बाँकी रहेको सुनाउनुभयो । उहाँका अनुसार बिरगंज महानगरपालिकालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने गरी काम भइरहेको छ । सो अवसरमा बिरगंज  महानगरपालिकाका सद्भावना दूत अशोक वैद्य, बिरगंज महानगर प्रमुखका प्रेस सल्लाहकार महेश दास, जनसम्पर्क सल्लाहकार नवराज फुयाँल लगायतको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...

” रिलिफ सोसाइटी अफ कमर्स पुरस्कार २०८३ ” बाट अशोक प्रधान सम्मानित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । देशको प्रवेशद्वार तथा...

रबि लामिछानेविरुद्धको संगठित अपराध अभियोग खारेज , सहकारी ठगी मुद्दा यथावत्

पर्सा पोस्ट , जेष्ठ २६ गते , वीरगञ्ज । पर्सा...