शैक्षिक शहिद मुकुन्द खनाल प्रतिष्ठान पर्साको नवनिर्वाचित कार्य समितिको पहिलो बैठक सम्पन्न

Date:

अजित कुमार भुजेल , बिरगंज । शैक्षिक सहिद मुकुन्द खनाल प्रतिष्ठान पर्साको नवनिर्वाचित कार्यसमितिको बैठक आज बिकन स्कुलमा बसि विभिन्न समसामयिक बिषयहरुमाथी छलफल गर्दै विभिन्न निर्णय गर्यो ।

प्रतिष्ठानका अध्यक्ष मुना खनालको अध्यक्षतामा बुधबार भएको सो बैठकमा संस्थाका वरिष्ठ सल्लाहकार अधिवक्ता प्रकाश कुमार उपाध्यायले नवनिर्वाचित पदाधिकारी सदस्यहरुलाइ बधाई तथा सफल कार्यकालको शुभकामना दिदै अबको समय शिक्षा स्वास्थ्य क्षेत्रमा तपाइहरुले विभिन्न कार्यक्रमको माध्यमले देश जनता समाजको सेवा सहयोग गरि संस्थाको नाम उचाइमा पुर्याउनु हुनेछ  भनी आफू बिश्वस्त रहेको बताउदै संस्थाले विभिन्न सरकारी गैर सरकारी निकाय संस्थाहरु संघ समन्वय गरि अगाडि बढन सुझाव दिएका थिए ।

सो बैठकमा उपाध्यक्षद्वय युवराज खडका र पवनदीप कौर अग्रवाल , सचिव लालबाबु सिंह ,सहसचिव अजित कुमार  भुजेल, सदस्यहरु शान्ती माली, रिना कुमारी बिश्वकर्मा, शर्मा गोसाइ, पवन श्रेष्ठ ,नवराज भट्टराई, अभिलाष कुमार गुप्ता र सल्लाहकारहरु डा. हरेराम ठाकुर , बिधालयका प्रधानाध्यापक जय कुमार दनुवार लगायत आमन्त्रितमा बिधालयका सहनिर्देशक शार्दुल भट्टराई ,प्रशासकिय अधिकारी सुभाष भट्टराई लगायतको सहभागिता रहेको थियो ।

सो बैठकले आगामी बैठकमा वार्षिक कार्यक्रम तर्जुमा गरि सामाजिक सेवाका कार्यक्रमहरु गर्ने निर्णय गरेको बैठकको सहजीकरण सचिव लालबाबु सिंहले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...

बिश्वकप जितपछि स्पेनमा नयाँ युगको प्रतीक बन्यो लियोनोर – यामलको ट्रफि उत्सव

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज। स्पेनले २०२६ फिफा विश्वकपको...