अजित कुमार भुजेल , बिरगंज । ” समुदाय – प्रहरी साझेदारी ” कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया-२ पर्साको आयोजनामा आगलागि सम्बन्धि घरदैलोमा पुगि पर्चा पम्पलेट बितरण कार्यक्रम सम्पन्न भएको छ ।
पर्सा जिल्ला बी.म.न.पा.बडा नं.२ स्थित शान्ती टोलमा आगलागि सम्बन्धि जनचेतना मुलक कार्यक्रममा पर्चा पम्प्लेट बितरण साथै ध्वनि प्रदुषण तथा आगलागि रोकथाम सम्बन्धि झिङ्गर वजाई घर घरमा पुगि सम्झाई बुझाई कार्यक्रम सम्पन्न गरेको प्रहरी हवल्दार देवेन्द्र पटेलले जानकारी दिनु भयो ।
उक्त कार्यक्रम सामुदायिक सेवा केन्द्र छपकैयाका कोषाध्यक्ष श्रीमती प्रेम कुमारी सिंहको अध्यक्षतामा तथा बडा समिति कार्यालय बडा नं.२ का बडा सदस्य वसिर मिया हजामको प्रमुख आतिथ्यमा बडा समिति कार्यालय बडा नं.३ का महिला बडा सदस्य रमाउती देवी पसवान ,स्थानिय सुनैना देवी, सामुदायिक प्रहरीका प्रहरी हवल्दार देवेन्द्र कुमार पटेल , प्र.ज भिम बहादुर कपडयाल लगायतको उपस्थिति रहेको थियो।