बिरगंज कपडा बैंकद्वारा आगलागी पोडितलाई सहयोग

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंज कपडा बैंक द्वारा आगलागी पिडितहरुलाइ निरन्तर सहयोग प्रदान गर्दै आईरहेको छ ।
बिरगंज कपडा बैंकले पर्साको धोबिनी गाउँपालिका–५  धोबिनी जगरनाथपुर गाउको नयकाटोलामा भएको आगलागी ४ घर परिवार पिडितहरुलाइ सहयोग उपलब्ध गरेको छ ।

कपडा बैंकका अध्यक्ष लालबाबु सिंह , उपाध्यक्ष प्रकाश थारु , सचिव कन्हैया पटेल र सदस्य अभिलाश गुप्ताको सहभागितामा बुधबार आगलागी पिडितहरु समसाद देवान, रहमत देवान,अमजद देवान र रजाक देवानको परिवारलाइ ४ बोरा नया पुरानो कपडाहरु  सर्ट पाइन्ट,जिन्स,साडि लगायत बच्चाहरुको कपडाहरु, बेडसिटहरु , झुलहरु सहयोग पिडितकै घर पुगेर हस्तान्तरण गरिएको हो ।

सो अवसरमा स्थानिय अग्रज , महिला ,युवाहरुको उपस्थिति रहेको थियो ।  सर्ट सर्किटले भएको आगलागीमा करीब २५ लाख भन्दा बढीको धनमाल जलेर नष्ट भएको पिडितहरुले बताएका छन् ।

आगलागी हुँदा गरगहाना, लत्ताकपडा, फर्निचर, अन्नपात,  भाडाकुँडा र नगद सहित जलेर नष्ट भएको र लागेको आगो  स्थानीयवासी , प्रहरी र पोखरियाबाट गएको बारुण यन्त्रको सहयोगमा निभाइएको थियो ।

त्यसैगरी मंगलबार पर्सा कै सखुवाप्रसौनी- २ जमुनियामा भएको आगलागीबाट पीडित २ घर परिवारलाइ बिरगंज कपडा बैंकले नयापुराना कपडाहरुको साथै अन्य राहत सामाग्री सहयोग गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बसपार्कमा वृक्षारोपण अभियान तीव्र, ‘हरित र सुन्दर वीरगन्ज’ बनाउने महानगरको लक्ष्य

पर्सा पोस्ट, साउन ३० गते, वीरगन्ज । वीरगन्ज महानगरपालिकाले वातावरण...

विपन्न परिवारलाई समाजसेवी वृजेस्वर प्रसाद चौधरीद्वारा १० हजार रुपैयाँ आर्थिक सहयोग

पर्सा पोस्ट, साउन २९ गते, वीरगञ्ज। पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकास्थित...

सामुदायिक प्रहरी–नागरिक सहकार्य सुदृढ बनाउन एसपी पवन भट्टराईको प्रतिबद्धता

पर्सा पोस्ट, साउन २८ गते, वीरगञ्ज। सामुदायिक प्रहरी सेवा केन्द्र,...