सामुदायिक सेवा केन्द्र छ्पकैया-२ को आयोजनामा आगलागी हुनबाट जोगाउन घरदैलो कार्यक्रम

Date:

अजित कुमार भुजेल , बिरगंज । ” समुदाय – प्रहरी साझेदारी ” कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया-२ पर्साको आयोजनामा  आगलागि सम्बन्धि घरदैलोमा पुगि पर्चा पम्पलेट बितरण कार्यक्रम सम्पन्न भएको छ ।

पर्सा जिल्ला बी.म.न.पा.बडा नं.२ स्थित शान्ती टोलमा आगलागि सम्बन्धि जनचेतना मुलक कार्यक्रममा पर्चा पम्प्लेट बितरण साथै ध्वनि प्रदुषण तथा आगलागि रोकथाम सम्बन्धि झिङ्गर वजाई घर घरमा पुगि सम्झाई बुझाई कार्यक्रम सम्पन्न गरेको प्रहरी हवल्दार देवेन्द्र पटेलले जानकारी दिनु भयो ।

उक्त कार्यक्रम सामुदायिक सेवा केन्द्र छपकैयाका कोषाध्यक्ष श्रीमती प्रेम कुमारी सिंहको अध्यक्षतामा तथा बडा समिति कार्यालय बडा नं.२ का बडा सदस्य वसिर मिया हजामको प्रमुख आतिथ्यमा बडा समिति कार्यालय बडा नं.३ का महिला बडा सदस्य रमाउती देवी पसवान ,स्थानिय सुनैना देवी, सामुदायिक प्रहरीका प्रहरी हवल्दार देवेन्द्र कुमार पटेल , प्र.ज भिम बहादुर कपडयाल लगायतको उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...