बिश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल आदिवासी जनजाती पत्रकार महासंघ ( फोनिज) पर्साद्वारा सुभकामना तथा अन्तरकृया कार्यक्रमको आयोजना

Date:

अजित कुमार भुजेल , बिरगंज । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ( फोनिज ) पर्सा शाखाले बिश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा सुभ कामना तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

नेपाल आदिवासी जनजाति पत्रकार महा संघ ( फोनिज) पर्साका अध्यक्ष अजित कुमार भुजेलको अध्यक्षता भएको सो कार्यक्रमका प्रमुख अतिथि फोनिजका  केन्द्रिय सदस्य एवं मधेस प्रदेशका ईन्चार्ज निरज पिठाकोटे मगरले पानसमा दिप प्रज्वलित गरि स्व. सत्यनारायण बहादुर श्रेष्ठको फोटोमा श्रर्दान्जलि अर्पण गर्दै नेपाल पत्रकार महासंघका केन्द्रिय सस्थापक अध्यक्ष स्व. सत्यनारायण बहादुर श्रेष्ठ नै भएको बताएका थिए ।

आन्दोलन र संघर्सको परिणामले अहिले स्वतन्त्रता रहेपनि अझै राज्यबाट प्रेस स्वतन्त्रता र समानतामा बिभेद रहेको बताउदै अहिले स्वतन्त्रता सङै मानव अधिकारहरुको बिषयहरुमा पनि बहस भैइरहेको भन्दै संविधानले प्रत्याभूत गरेका बिषयहरुमा समेत राज्यको कार्यान्वयन तह फितलो रहेको बताएका थिए ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ( फोनिज) का केन्द्रीय सदस्य जगत राईले  नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ नै हुन भनेर बताएका छन । उनलेे पुर्वप्रधानमन्त्री कुष्ण प्रसाद भट्टराई भन्दा पहिला नै दुईपटक नेपाल पत्रकार संघको अध्यक्ष भएर नेतृत्व गरिसकेका ब्यक्तिलाई  बाइपास गरेर पछि फेरि नेपाल पत्रकार संघ संचालनमा ल्याउने काम भएकोले उनलाई विवादमा पर्न खोजिएको बताएका छन् ।

आदिवासी जनजाति पत्रकार महासंघले जबसम्म उनलाई नेपाल पत्रकार महासंघको  संस्थापक अध्यक्ष  स्वकार्दैन तबसम्म हाम्रो आन्दोलन जारी रहने राईले बताए ।

उनलेे भने जबसम्म प्रेस स्वतन्त्रता हुदैन तबसम्म जनताले सहि सुचना र आफ्नो अधिकार पाउन नसक्ने भएकोले पुर्ण प्रेस स्वतन्त्रताको आवश्यक जबसम्म हुदैन तबसम्म नागरिकले आफ्नो स्वतन्त्रता पाउन नसक्ने बताएका छन् ।

अहिले पनि पत्रकार माथि राज्यले अंकुश लगाउने काम गरिरहेकोले त्यसका निम्ति खबरदारी गर्न आवश्यक रहेको राईले बताए ।

अन्तरक्रिया तथा शुभकामना आदानप्रदान कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ( फोनिज) मधेस प्रदेशका अध्यक्ष दुषयान्त चौधरी ,प्रदेश सदस्य एवम् थारू पत्रकार संघका अध्यक्ष शम्भु महतो थारू ,नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् पर्साका सचिव एवम् अधिवक्ता अमय दास थारू ,नेपाल आदिवासी जनजाति महासंघ फोनिज पर्साका संस्थापक अध्यक्ष दिलिप प्रधान लगायतले आआफ्नो धारणा एवम् शुभकामना दिनुभएको थियो ।

अन्तरक्रिया तथा शुभकामना आदानप्रदान कार्यक्रममा थारू कल्याणकारी पर्साका पुर्व उपाध्यक्ष एवम् सागरमाथ टेलिभिजन मधेस ब्युरो बालेश्वर थारू ,पत्रकारहरु आन्नद पटेल अर्जुन चौधरी ,बिशाल पटेल ,सुनिल श्रेष्ठ ,सामुदायिक प्रहरी सेवा केन्द्रका हवल्दार सुवास यादव , सहायक हवल्दार लालुमाया महतो , प्रहरी जवान राजु चौरसिया लगायतको उपस्थित रहेको थियो भने कार्यक्रम  संचालन फोनिज पर्साका सचिव राम मण्डलले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

अदालतको आदेश कार्यान्वयनको नाममा समय नदिइ संरचना भत्काईयो ,, व्यवसाय चौपट – महँगी नियन्त्रणमा सरकार मौन

पर्सा पोस्ट , बैशाख ११ गते बिरगंज । वीरगञ्जको गण्डकदेखि...

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...

सडक विस्तारसंगै उलेखिएका रुखको संरक्षण : विरगंजमा उदाहरणीय पुन : वृक्षारोपण अभियान

पर्सा पोस्ट, बैशाख ०८ गते, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा जारी...