सामुदायिक सेवा केन्द्र छपकैया-२ को आयोजनामा लैङ्गिक हिंसा सम्बन्धि जनचेतनामूलक पर्चा पम्पलेट बितरण

Date:

अजित कुमार भुजेल, बिरगंज। “समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया-२ को आयोजनामा लैङ्गिक हिंसा रोकथाम सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ ।

पर्सा जिल्ला बिरगंज महानगरपालिका वडा नं.२ स्थित प्रहरी बिट अगाडि लैङ्गिक हिंसा रोकथाम सम्बन्धि जनचेतनामूलक पर्चा पम्पलेट बितरण गरि कार्यक्रम सम्पन्न भएको थियो ।

लैङ्गिक हिंसा के हो , लैङ्गिक हिंसा कति प्रकारका हुन्छन् , लैङ्गिक हिंसा भएको व्यक्तिलाई पर्सा जिल्ला स्थित नारायणी अस्पतालमा एकद्वार  संकट व्यवस्थापन केन्द्र २०७८ देखि सन्चालनमा आई निरन्तर सेवा प्रवाह गरिरहेको सो पर्चा पम्पलेटमा जानकारी गराईएको छ ।

त्यसै गरि लैङ्गिक हिंसामा परेकालाई सहयोग गर्न चाहनु हुन्छ भने ओ . सि. एम. सि. मा सम्पर्क गर्न सक्नु हुने छ ।

उक्त कार्यक्रम  सामुदायिक सेवा केन्द्र छ्पकैया-२ का सदस्य अजित कुमार भुजेलको बिशेष उपस्थितिमा सामुदायिक प्रहरीका प्रहरी सहायक निरीक्षक ज्ञान बहादुर श्रेष्ठ ,  प्रहरी हवल्दार दुर्गा कुमार आले, प्रहरी हवल्दार देवेन्द्र कुमार पटेल, प्रहरी जवान दिपेन्द्र कुमार यादव र प्र.ज  सम्भु महतो , भिम बहादुर कपडयाल  लगायतको उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...