अजित कुमार भुजेल , बिरगंज । बिरगंजमा एकै ठाउमा खेलकुदका सम्पुर्ण सामाग्री पाउने पसल नारायणी स्पोर्ट्स सेन्टर खुलेको छ ।
बिरगंज वडा न.६ स्थित गहवामाई मन्दिर अगाडि रहेको माईस्थान चौकमा खेल जगत , खेलप्रेमीहरुका लागि सम्पुर्ण सामाग्रीहरु एकै ठाउमा पाउने उदेश्यका साथ सो पसल खोलेको सन्चालक बबिता शाक्यले जानकारी दिनुभयो ।
माईस्थान चौकको दोस्रो तल्लामा रहेको सो पसलको उद्घाटन बिरगंज महानगर पालिकाका मेयर राजेशमान सिंहले रिबन काटेर गर्नु भएको थियो ।
एउटै छानामुनी हरेक खेलका सामाग्रीहरु , ड्रेस , जुत्ता , गितार , मादल , फुटबल , भलिबल , ब्याटमिन्टन , क्रिक्रेट ब्याड , बल , योगा म्याट , डमबेल , सिल्ड , मेडल , खादाहरु समेत सुपथ मुल्यमा सन्चालक शाक्यले बताए ।
सो पसलको लागत १० लाख रहेको र आवस्यक अनुसार अझै थप गर्दै जाने र यस पसलमा सबै खेलकुदका सामाग्री थोक तथा खुद्रा बिक्री हुने समेत शाक्यले बताएका थिए ।