सोमबार भएको क्वाटर फाईनल प्रतियोगिताको पहिलो खेलमा ग्लोबल बिजनेस कलेज बिजयी

Date:

अजित कुमार भुजेल , बिरगंज । प्रथम अल्पाइन कप – २०८० क्रिक्रेट प्रतियोगिता बिरगंजको नारायणी रंगशालामाको क्रिक्रेट खेल मैदानमा सोमबार भएको पहिलो खेल ग्लोबल बिजनेस कलेज र  बिरगंज सेन्ट्रल बीच भएको थियो ।

बिरगंज सेन्ट्रललाई ९७ रनले पराजित गर्दै ग्लोबल बिजनेस कलेज बिजयी भएको छ ।

बिरगंज सेन्ट्रलले टस जितेर फिल्डिङ्ग रोजेका थिए भने ग्लोबल बिजनेस कलेजले पहिलो ब्याटिङ गर्दै  २० ओभरमा ४ बिकेटको क्षतिमा १६३ रन बनाएका थिए ।

त्यसैगरि बिरगंज सेन्ट्रलले १५.३ ओभरमा पुरै  बिकेटको क्षती ब्यहोर्दै ६६ रन बनाएका थिए ।

म्यान अफ द म्याच ग्लोबल बिजनेस कलेजका बिवेक यादव घोषित भएका थिए । यादवले २६ बलमा ३ चौका र ५ छ्क्का  हान्दै ५३ रन बनाएका थिए । त्यसैगरि २.३ ओभरमा १४ रन दिई ३ बिकेट लिएका थिए ।

अर्को क्वाटर फाईनल खेल फागुन १५ गते मंगलवार  B1 र A2 बीच हुने आयोजक कमिटीले जनाएको छ ।

त्यसैगरि फागुन १७ गते बिहीबार सेमिफाईनल Q1 र Q4 पहिलो खेल हुने छ  भने दोस्रो खेल Q2 र Q3 बीच हुने छ भने फाईनल खेल फागुन १९ गते शनिबार हुने आयोजक कमिटीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...

बिश्वकप जितपछि स्पेनमा नयाँ युगको प्रतीक बन्यो लियोनोर – यामलको ट्रफि उत्सव

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज। स्पेनले २०२६ फिफा विश्वकपको...