प्रथम अल्पाईन कप -२०८० सोमबार भएको दोस्रो क्वाटर फाईनल खेलमा मिनिल्यान्ड माबी ७८ रनले बिजयी

Date:

अजित कुमार भुजेल , बिरगंज । प्रथम अल्पाइन कप – २०८० क्रिक्रेट प्रतियोगिता बिरगंजको नारायणी रंगशालामाको क्रिक्रेट खेल मैदानमा सोमबार भएको दोस्रो खेल मिनिल्यान्ड माबी र  मेरिगोल्ड माबी बीच भएको थियो ।

मिनिल्यान्ड माबिले मेरिगोल्ड माबीलाई ७८ रनले पराजित गर्दै बिजयी भएको हो ।

मिनिल्यान्ड माबिले टस जितेर ब्याडिङ्ग रोजेका थिए  कलेजले पहिलो ब्याटिङ गर्दै  २० ओभरमा ६ बिकेटको क्षतिमा १२८ रन बनाएका थिए ।

१२९ को लक्ष्य लिएर ब्याटिङ्गमा उत्रिदै मेरिगोल्ड माबिले १४.३ ओभरमा पुरै  बिकेटको क्षती ब्यहोर्दै ५० रन बनाएका थिए ।

मिनिल्यान्ड माबिका रोहित साह म्यान अफ द म्याच घोषित भएका थिए ।

साहले ३१ बलमा २ चौका र ३ छ्क्का  हान्दै ३८ रन बनाएका थिए । त्यसैगरि ४ओभरमा १२ रन दिई ३ बिकेट लिएका थिए ।

अर्को क्वाटर फाईनल खेल फागुन १५ गते मंगलवार  B1 र A2 बीच हुने आयोजक कमिटीले जनाएको छ ।

त्यसैगरि फागुन १७ गते बिहीबार सेमिफाईनल Q1 र Q4 पहिलो खेल हुने छ  भने दोस्रो खेल Q2 र Q3 बीच हुने छ भने फाईनल खेल फागुन १९ गते शनिबार हुने आयोजक कमिटीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...